धनगढी विमानस्थल भोली बुधवारदेखि सुचारु

धनगढी ।एक महिनाभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको चालु अवस्थामा रहेको एकमात्र धनगढी विमानस्थल यही जेठ २९ गते बुधवारदेखि सञ्चालनमा आउने भएको छ ।

मर्मत सम्भार तथा स्तरोन्नती गर्ने भन्दै गत बैशाख २२ गतेदेखि विमानस्थल बन्द रहँदै आएको छ ।

विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले आउँदो बुधवारदेखि धनगढीबाट काठमाडौँको उडान नियमित हुने जानकारी दिए । हाल धावनमार्गको बिग्रेको, भत्केको क्षेत्रमा ८५० मिटर लम्वाई र करिब पाँच फिट गहिराईको खाडलको मर्मत सम्भार गरिसकिएकोक छ । बाँकी काम अन्तिम चरणमा पुगेको बुढ्थापाले जानकारी दिए ।

उडान बन्द भएको ३८ दिनपछि भोली २९ गते बुधवारदेखि विमानस्थल सुचारु हुने भएपछि सूदूरपश्चिमेलीले राजधानीसँग प्रत्यक्ष हवाई सेवासँग जोडिन पाउने भएको छ । विमानस्थल बन्द हुँदा आपतकालिन बिरामी, सुत्केरी, वृद्धवृद्धालाई राजधानीसँग आवत जावत गर्न निकै कष्ट भएको थियो ।

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र एक हजार ८०० सय मिटर लम्वाईको पक्की धावनमार्ग छ । आउँदा दिनमा रात्री सेवा पनि सुचारु गर्ने भनेर काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here