सुदूरपश्चिममा गिद्धको बासस्थानमा सुधार हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा डङ्गर, सानो खैरोलगायत दुर्लभ गिद्धका १४७ वटा गुँड अखिलेख गरिएको छ ।


पछिल्लो अध्ययनका क्रममा यो प्रदेशका विभिन्न जिल्लामा गिद्धको गुँड स.ख्यामा वृद्धि भएको पाइएको छ । अध्ययन अनुसार दुर्लभ डङ्गर गिद्धको १३२, हिमाली गिद्धको नौ, सानो खैरो र हाडफोर गिद्धको तीन, तीन वटा गुँड फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी कञ्चनपुरमा १२० वटा गुँड रहेको जनाइएको छ ।

कञ्चनपुरको भोजपुरफाँटामा डङ्गर गिद्धको गुँड ८२, सानो खैरो गिद्धको गुँड दुई, हिरापुर क्षेत्रमा सानो खैरो गिद्धको गुँड एउटा रहेको छ । त्यसै गरी तारापुर क्षेत्रमा डङ्गर गिद्धका गुँड १७, बन्साह क्षेत्रमा छ गुँड देखा परेका छन् । त्यसैगरी पर्सिया क्षेत्रमा आठ, कन्ज क्षेत्रमा एउटा गुँड फेला परेको छ ।

पछिल्लो अनुसन्धान अनुसार किटोप्रोफेन, एसिक्लोफेनेक, कारप्रोफेन, फ्लुनिक्सिनलगायतका औषधी पनि गिद्धका लागि विशाक्त मानिएको छ । नेपालमा यी औषधीको प्रयोग भइरहेका कारण यसले पनि गिद्ध संरक्षणमा असर पुगिरहेको छ ।

कैलालीको खुटिया चरा तथा जैविक विविधता क्षेत्रमा डङ्गर गिद्धको १३, डडेलधुरामा दुई, बैतडीको खोड्पेमा हिमाली गिद्धका नौ र झालापानीमा हाडफोर गिद्धको तीन गुँड फेला परेको छ । यो सम्बन्धी अध्ययन सन् २०२३ र २०२४ मा गरिएको थियो ।

गुँडको सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको अध्ययनकर्ता हिरूलाल डङ्गौराले बताएका छन् । गिद्धले अग्ला अग्ला रुखमा गुँड लगाउने र बच्चा कोरल्ने गर्छन् । कैलालीमा गुँड घट्नुको मुख्य कारण गिद्धको वासस्थान विनाश हुनु नै रहेको जनाइएको छ ।


खुटिया क्षेत्रमा गिद्धले गुँड बनाउँदै आएका खेतमा रहेको धेरै जसो रुख काटिएको छ । यसै गरी आँधीले पनि खुटिया क्षेत्रमा धेरै अग्ला रुख ढलेको थियो । गिद्धले गुँड बनाउँदै आएको क्षेत्रमा बाढी प्रभावित पसेका छन् । यी विभिन्न कारणले गिद्धले गुँड बनाउँदै आएको क्षेत्र छोड्दै गएको अध्ययनले देखाएको छ ।

प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउँदै गइरहेका कारण नेपालमा यसको संरक्षणका लागि नेपाल सरकारले गिद्ध संरक्षण कार्ययोजना लागु गरेको छ । सरकारले गिद्ध संरक्षणमा सहयोग पु¥याउने उद्देश्यका साथ पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी उत्पादन, बिव्रmीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

नेपालको ७६ जिल्लालाई पशु उपचारमा डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको छ । यद्यपी अझै पनि लुकीछिपी डाइक्लोफेनेकको प्रयोग अझै भइरहेका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको डङ्गौराको भनाइ छ ।

वासस्थानको विनाशसहित विविध मानवीय कारण गिद्ध संरक्षण चुनौतीका रूपमा देखिएको जनाइएको छ । पछिल्लो अनुसन्धान अनुसार किटोप्रोफेन, एसिक्लोफेनेक, कारप्रोफेन, फ्लुनिक्सिनलगायतका औषधी पनि गिद्धका लागि विशाक्त मानिएको छ । नेपालमा यी औषधीको प्रयोग भइरहेका कारण यसले पनि गिद्ध संरक्षणमा असर पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here