भारतीय जीप प्रयोग गरी नेपालमा काठ तस्करी

काठमाडौँ । भारतीय नम्वर प्लेटको सवारी साधन प्रयोग गरी नेपालमा काठ तस्करी गर्ने एक जना रौतहटमा पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय रौतहटका अनुसार भारतीय जीपमा नेपाली नम्बर प्लेट हालेको बोलेरो जीप र एक थान मोटरसाइकलसहित एक जना काठ तस्कर पक्राउ गरिएको छ । मोटरसाइकलमा भने भारतीय नम्वर रहेको छ ।
ना. ३ चं ५७३७ नम्बरको बोलेरो जीप सहित आठ थान काँचो सालका गोलिया एवम् तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको भएको छ । तस्करी गर्ने क्रममा कटहरिया नगरपालिका–९ बलुवा टोलका राजकिशोर साहलाई पक्राउ गरिएको हो ।
नेपाली नम्वर भएपछि प्रहरीले खासै चाँसो देखाउन नभएपछि भारतीय नम्बर प्लेट टाँसिएको पक्राउ परेका साहले बताएका छन् । डिभिजन कार्यालय रौटहटले यसअघि पटक÷पटक गरी गोलियासहितका तीन वटा पिकअप भ्यान बरामद भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here