काठमाडौँ । लायन्स क्लव अफ काठमाडौ वाग्मती जिल्ला परिषद ‘एच’ लायन्सहरुले बिरुवा रोपन गरी लायन वर्ष २०२५—२०२६ को पहिलो दिन वातावरणीय कार्यक्रम गरी सुरुवात गरेका छन् ।
डिष्ट्रिक गर्भनर लायन रविन्द्रबहादुर प्रधानको निजी निवास किर्तिपुरमा दुईवटा अनारको बहुवर्षिय बिरुवा रोपण गरेर वातावरणीय कार्यक्रमको सुरुवात गरेका हुन् । यस अघि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा वृक्षरोपण गरि काठमाडौँ वृक्षरोपण अभियान सुरु गरिएको थियो ।

जिल्ला परिषदको वाताारणीय संयोजक लायन सौरभ श्रेष्ठले एक घर, एक बिरुवा अभियानले वातावरणीय स्वच्छता सिर्जना गर्ने तर्फ समाजलाई अग्रसर गराउन सहयोग पुग्ने बताए
लायन्स क्लव अफ काठमाडौ वाग्मतीले सन् २०१५ देखि नै हरेक लायन्सको घरमा कम्तिमा एक रुख रोपौ भन्ने अभियान सुरु गर्दै आइरहेको छ । जस अनुरुप हरेक वर्ष डिष्ट्रिकका प्रमुख पदाधिकारीहरुको घरमा गई रुख रोप्ने काम हुँदै आएको छ । यो अभियानमा सहभागी हुन घर वरीपरी जग्गा नभएको खण्डमा कम्तिमा ठूलो गमला वा ड्रममा रुख रोप्ने काम गर्ने गरिएको छ । सबै लायन्सहरुलाई आग्रह पनि गरिन्छ ।
वृक्ष रोपण कार्यक्रमका संयोजक लायन सल्मा सेरचनले कार्यक्रम सुरुवात गर्दै प्रतिष्ठित व्यक्तिहरुको घरमा रुख रोप्नुको मुख्य उद्देश्उ यस अभियानका ब्राण्ड एम्बासडर बनाइ वृक्षरोपनको सचेनता जगाउनु रहेको बताइन् । क्लवका अध्यक्ष सञ्जयलाल श्रेष्ठले काठमाडौ उपत्यकामा बिरुवा रोप्नको लागि पर्याप्त सार्वजनिक, पर्ति जग्गा नभेटिएको हुँदा शहरमा बस्ने सम्पूर्ण लायन्सहरुको घरमा रुख रोप्ने अभियान थालिएको बताए ।

जिल्ला परिषदको वाताारणीय संयोजक लायन सौरभ श्रेष्ठले एक घर, एक बिरुवा अभियानले वातावरणीय स्वच्छता सिर्जना गर्ने तर्फ समाजलाई अग्रसर गराउन सहयोग पुग्ने बताए । श्रेष्ठले भने, ‘‘उपत्यकाको सम्पूर्ण घरमा रुख रोप्न त समय लाग्ला नै तर वातावरणीय स्वच्छता र पर्यावरणीय संरक्षण सम्बन्धी सचेतना जगायौ भने भावी पुस्तालाई पनि सहज हुन्छ ।’’
डिष्ट्रिक गर्भनर रविन्द्रबहादुर प्रधानले यो लायन वर्षमा वातावरणीय कार्यक्रम प्राथमिकतामा परेकोले वर्षभरी वातावरणीय संरक्षण र सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । डिष्ट्रिकबाट शुभारम्भ उदघोष कार्यक्रम अनुसार पहिलो कार्यक्रमको रुपमा आर्युबेद क्याम्पसको सडक किनारामा वृक्षरोपन गरेर सुरुवात गरिएको छ । उक्त कार्यक्रममा ७५ जना लायन्सको सहभागिता रहेको थियो ।