वन मन्त्रीले सार्वजनिक गरे एक महिने प्रगति

काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँले आफूले जिम्मेवारी सम्हालेको एक महिनाको कार्यप्रगति मार्फत सार्वजनिक गरेका छन् ।


उनले आफू वन मन्त्रालयमा आएपछि गरेका कामहरुको १८ बुदे विवरण सार्वजनिक गरेका छन् । उनले आफू मन्त्री भएपछि वन नियमावली, २०८२ तेश्रो संशोधन आफूले मन्त्रीपरिषदमा लिएर पास गराएको बताएका छन् । जसले गर्दा हाल विभिन्न विकास आयोजनाहरुका लागि राष्ट्रिय वनको जग्गा प्राप्त गर्ने तथा रुख हटाउने प्रक्रिया थप सरलिकृत भएको उनको दावी छ ।

मन्त्री चौलागाईले कर्मचारीले गरेका नियमित अनुगमनका कामलाई पनि आफुले सम्पादन गरेका कामको विवरणमा समेटेका छन् । उनको दावी छ, छोटो समयमा यति धेरै काम गर्न सकियो ।

त्यसैगरी वन नियमावली २०७९ को प्रावधान बमोजिम हिमपात, शीतलहर तथा धार्मिक कार्यका लागि अन्तरप्रदेश दाउरा व्यवस्थापन र वितरण गर्ने रगराउने आफूले मन्त्रीस्तरीय निर्णय गरी सातै प्रदेशमा कार्यान्वयनका लागि पत्राचार गरिएको कुरा उनले दोस्रो उपलब्धीको सूचीमा राखेका छन् ।


उनले आफ्नो एकमहिनाको तेस्रो उपलब्धीका रुपमा विगतमा प्रक्रियामा भइरहेका विभिन्न चार वटा जलविद्युत आयोजनाका लागि राष्ट्रिय वनक्षेत्रको जग्गाको भोगाधिकार प्रदान गर्ने तथा तिनमा रहेका रुख हटाउने विषयका फायललाई मन्त्रीपरिषदमा लैजाने मन्त्रीस्तरबाट स्वीकृत भएको र आगामी मन्त्रीपरिषदको बैठकमा पेश गरिने विवरण उल्लेख गरेका छन् ।

आफूले मन्त्री पद समाले पछि नेपालका जलाधारहरुको परिदृष्य वर्गीकरण तथा स्तरीकरण वाटरसेट एटलस स्वीकृत भएको उनले बताएका छन् । त्यसैगरी उनले कार्बन व्यापार नियमावली २०८२ स्वीकृत भई कार्यान्वयन गरिएको, मन्त्रालयमा प्राप्त भएका मध्ये ६४ उजुरीहरुको फर्छ्यौट भएको, उजुरी रगुनासो फर्छ्यौट प्राथमिकतासाथ कार्यान्वयनमा लगिएको, विभिन्न ८ वटा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सैद्धान्तिक स्वीकृती प्रदान गरिएको कुरा एक महिने अवधिको उल्लेख्य सम्पादित कामको विवरणमा उल्लेख गरेका छन् ।


उनले विभिन्न भौतिक पुर्वाधार सम्बन्धी ८ वटा क्षेत्र निर्धारण प्रतिवेदन, २ वटा जलविद्युत आयोजनाका प्रतिवेदन, २ वटा पूरक प्रतिवेदन स्वीकृत गरिएको, एउटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना प्रतिवेदन, ५ वटा वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिएको र ४ वटा आयोजनाको पुरक अध्ययन सहमति प्रदान गरिएको नियमित कामलाई पनि आफ्नो महत्वपूर्ण कार्यसम्पादनको उपलब्धीको सूचीमा राखेका छन् ।

वन मन्त्री चौलागाईँले सार्वजनिक गरेको उपलब्धीको विवरण


त्यसैगरी नेपालको संरक्षित तथा विश्वकै संकटापन्न वन्यजन्तुको रुपमा रहेको बाघको संख्या अनुमान गरी बाघ लगायतका प्रजाती संरक्षणमा आवश्यक नीति, कार्यक्रम, योजना बनाई संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले क्यामेरा ट्रयापिङ विधीबाट राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ शुरु भई चितवन,पर्सा कम्प्लेक्स र बाँके,बर्दिया कम्प्लेक्समा गणनाको शुभारम्भ गरेको कुरा एक महिने अवधिको उल्लेख्य सम्पादित कामको विवरणमा उल्लेख गरेका छन् ।


त्यसैगरी नेपालमा राष्ट्रिय संकटको रुपमा निम्तिन सक्ने बाहय मिचाहा प्रजाति नियन्त्रणका लागि जनचेतना जगाउन र सबै सरोकारवालाहरुलाई एकतावद्ध गरी कार्यान्वयनमा लैजान प्रथम राष्ट्रिय बाह्य मिचाहा प्रजाति सम्मेलन आयोजना गरी यसको नियन्त्रणका लागि सर्वसम्मत रुपमा १८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको कुरालाई मन्त्री चौलागाईले आफूले मन्त्रालय सम्हालेपछि भएका उललब्धीको सूचीमा राखेका छन् ।


उनले नेपालमा वन अनुसन्धान तथा नवपर्वतनलाई प्राथमिकता प्रदान गर्न र यसमा नवयुवालाई आकर्षण गर्न दोस्रो राष्ट्रिय वन अनुसन्धान दिवसको त्रिदवसीय कार्यक्रम २०८२ पौष ४ देखि ६ गते सम्म सफलता पूर्वक आयोजना गरिएको कुरालाई पनि आफ्नो सफलताको सूचीमा राखेका छन् ।

मन्त्री चौलागाईले कर्मचारीले गरेका नियमित अनुगमनका कामलाई पनि आफुले सम्पादन गरेका कामको विवरणमा समेटेका छन् । उनको दावी छ, छोटो समयमा यति धेरै काम गर्न सकियो । उनले सार्वजनिक गरेको विवरण अनुसार दुईवटा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको आयोजनाको वातावरणीय परीक्षण, १० वटा नदी, तालतलैयाको पानीको नमूना संकलन तथा विश्लेषण तथा ७ वटा उद्योग प्रतिष्ठानहरुको अनुगमन सम्पन्न भएको कुरा उल्लेख गरिएको छ ।


काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को उच्चस्तरीय समन्वय समितिको बैठक सम्पन्न हुनुलाई उनले आफ्नो कामको उपलब्धीमा समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here