वन्यजन्तु पीडितद्वारा निर्वाचन बहिष्कार, भयो शुन्य मत

दाङ । बाँके राष्ट्रिय निकुञ्ज र आसपासको वनजंगलका वन्यजन्तुले दिएको पीडा समाधानका लागि कुनै पनि उम्मेदवारले एजेण्डा प्रस्तुत नगरेको भन्दै यहाँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् ।


वन्यजन्तु पीडितहरुले चुनावका सबै प्रक्रिया बहिष्कार गर्दै दाङको बबई गाउँपालिका वडा नं ७ मलईखोलास्थित देउती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न मतदाता नआएपछि मत शुन्य भयो । सो गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ ।

हामी वन्यजन्तुबाट पीडित भएकाले लामो समयदेखि हाम्रो बस्ती सारी दिनुहोस् भनेर यहाँका नेताहरु र निकुञ्जको हाकिमलाई पनि धेरै पटक भनिसक्यौँ, कसैले वास्ता गर्दैन । त्यसैले यसपटक चुनाव बहिष्कार गरेको हो । हाम्रो पीडा न नेताले सुन्छन् न कर्मचारीले नै सुन्छन् भने हामीले किन मत दिने ?

मतदाताले मतदान बहिष्कार गरेको बबई गाउँपालिकाको तल्लो मलईस्थित देउती माविमा रहेको मतदान केन्द्र ।


मतदानका लागि बिहीबार बिहान ७ बजदेखि साँझ ५ बजेसम्म निर्वाचनमा खटिएका कर्मचारीहरु बसेपनि मतदान हुन नसकेको निर्वाचन अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । खड्काले भने, “हामी त आयोगले खटाए अनुसार मतदानस्थल निर्माण गरेर बस्यौँ, सबै तयारी सम्पन्न भएर बिहीबार बिहानदेखि मतदाताको बाटो हेरेर बस्यौँ तर कोही पनि मत हाल्न आएनन् ।”


खड्का अनुसार अघिल्लो दिन पनि स्थानीय बासिन्दाले वन्यजन्तु पीडित भएको गुनाशो गहन रुपमा निर्वाचनमा खटिएका कर्मचारीसँग पनि गरेका थिए । सो मतदान केन्द्रमा ५३० मतदाताको नामावली रहेको थियो । ती मध्ये कुनै पनि मतदाता मत हाल्न मतदान केन्द्रमा नआएपछि कर्मचारीहरुले समानुपातिकतर्फको मतदान गरेर फर्किएको मतदान अधिकृत खड्काले बताए । उनका अनुसार निर्वाचनका लागि मतदान गर्न बोलाउन कर्मचारी पनि गएका थिए तर गाउँलेहरु आउन मानेनन् ।


स्थानीय कृष्णबहादुर पुनले भने, “हामी वन्यजन्तुबाट पीडित भएकाले लामो समयदेखि हाम्रो बस्ती सारी दिनुहोस् भनेर यहाँका नेताहरु र निकुञ्जको हाकिमलाई पनि धेरै पटक भनिसक्यौँ, कसैले वास्ता गर्दैन । त्यसैले यसपटक चुनाव बहिष्कार गरेको हो । हाम्रो पीडा न नेताले सुन्छन् न कर्मचारीले नै सुन्छन् भने हामीले किन मत दिने ?”


अर्का स्थानीय गणेश पुनमगरले भने, “बाघलाई हामीले छुदा समेत जेल जानुपर्ने अनि हामीलाई बाघ मार्दा बाघलाई केही नहुने ? बाघ छाडा छाड्ने निकुञ्जका कर्मचारीलाई किन कारवाही हुँदैन र निकुञ्ज घोषणा गर्ने यी नेताहरुलाई किन कारवाही हुँदैन ?”

खड्काले भने, “हामी त आयोगले खटाए अनुसार मतदानस्थल निर्माण गरेर बस्यौँ, सबै तयारी सम्पन्न भएर बिहीबार बिहानदेखि मतदाताको बाटो हेरेर बस्यौँ तर कोही पनि मत हाल्न आएनन् ।”


स्थानीयलाई निर्वाचनमा सहभागिता गराउनका लागि निर्वाचनमा खटिएका कर्मचारीले १८ गतेदेखि नै सर्वदलीय बैठकमा बोलाएका थिए । आफ्नो एजेण्डा कुनै पनि दलका उम्मेदवारले उठाउन नसकेको भन्दै स्थानीयले सर्वदलीय बैठकमा पनि उपस्थिति जनाएनन् ।


त्यसैगरी ६८२ मतदाता रहेको बबई गाउँपालिका वडा नम्बर १ को जनता आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्रमा १० मत मात्र खसेको छ । जसमा पाँच जना महिला र पाँच जना पुरुष मतदाताको सहभागिता रहेको निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिए ।

खड्काले भने, “यहाँ पनि स्थानीयले मतदान गर्न मानेनन्, ६८२ जना मतदाता रहेको यो केन्द्रमा प्रत्यक्षतर्फ १० मत खसेपछि हामीले समानुपातिकतर्फ निर्वाचनका खटिएका कर्मचारी र सुरक्षाकर्मीको मतदानको काम सम्पन्न भयो । त्यो सहित गरेर १६ मत खसेको छ ।”


बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बबई गाउँपालिकाको वडा नम्बर १ र ७ अन्तर्गतका स्थानीय बासिन्दाले जङ्गली जनावरका कारण बस्न समस्या भएको भन्दै बस्ती स्थानान्तरणको माग गर्दै आएका थिए । मतदाताले मतदान नगरेका यी दुवै मतदान केन्द्र दाङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here