काठमाडौँ । संसारका सबैजसो राजधानीहरुमा भौतिक विकासको सम्पन्नता हुने गर्छ । भौतिक विकासको नमूना हेर्न राजधानी शहर पस्नु पर्ने गरी हरेक मुलुकले आफ्नो विकासका मोडललाई निर्माण गरेका हुन्छन् ।
गगनचुम्बी घरहरुको बस्ती नै शहर, बजार हुन् । भौतिक पूर्वाधारको सम्पन्नता भएका शहरमा प्राकृतिक सम्पदाको उपस्थिति भने बिरलै पाइन्छन् । शहरको नजिक, छेउछाउ प्राकृतिक सम्पदा भएका बरदानी भूमि निकै कम भेटिन्छन् । यद्धपी भौतिक विकास र प्राकृतिक सम्पदाको मिश्रण भएका त्यस्ता ठाउँ संसारभर निकै प्रसिद्ध र सुन्दर स्थानका रुपमा कहलिएका हुन्छन् ।
नेपालको सन्दर्भमा कुरा गर्दा पहाडी भूभाग भित्रको ठूला उपत्यकामा व्यवस्थित शहरका रुपमा स्थापित नेपालको राजधानी काठमाडौँ शहर त्यस्तो शौभाग्यशाली स्थान हो, उपत्यका वरीपरी हरियाली वनजंगलले घेरिएको छ । उपत्यका वरीपरीका डाँडाकाँडामा राष्ट्रिय वन, सामुदायिक वन रहेका छन् । त्यति मात्र होइन, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज समेत रहेको छ ।
दुर्लभ वन्यजन्तु, वन, वनस्पति तथा जैविक विधिताको संरक्षण गर्ने उद्धेश्यले स्थापित यो निकुञ्जले केबल संरक्षणको काम मात्र गरिरहेको छैन । यसले मुलुकको राजधानी शहरलाई स्वच्छ वायु, पानी लगायतका प्राकृतिक सेवा उपलब्ध गराइरहेको छ । राजधानी शहरको सौन्दर्यताको आवरण बनेको छ, यो राष्ट्रिय निकुञ्ज ।
राजधानीलाई चाहिने पानीको आपूर्तिका लागि पनि यो संरक्षित क्षेत्रले अहम् भूमिका खेलि रहेको छ । समग्रतामा राजधानी काठमाडौँलाई काखमा राखेर थप प्राकृतिक सुन्दरता प्रवाह गर्दै आएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बारे थप बिबेचना गर्न खोजको छौँ ।
स्थापनाको ऐतिहासिकता
वि.सं. २००७ देखि २०३२ सालसम्म २५ वर्षको अवधिमा अत्यधिक वन विनाश र अतिक्रमणका कारण पवित्र वाग्मती र विष्णुमती नदीको जलाधार क्षेत्रको विनाश भएकोले यी नदीहरुको जलाधार क्षेत्र संरक्षण गर्न नेपाल सरकारले २०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्रको रुपमा घोषणा गरी संरक्षणको शुरुवात गरेको थियो ।
त्यसको दुई वर्ष पश्चात् २०३४ सालमा यसलाई शिवपुरी संरक्षित जलाधार क्षेत्र र वि.सं. २०३९ (सन् १९८३) मा शिवपुरी जलाधार क्षेत्र तथा वन्यजन्तु आरक्षको रुपमा संरक्षण गर्न थालियो । काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको समुन्द्र सतहदेखि १००० मिटरदेखि २७३२ मिटर उचाईसम्म फैलिएको मध्य पहाडी भू भागको उपोष्णदेखि समशितोष्ण क्षेत्रको १४४ वर्ग किमी क्षेत्रफल रहेको क्षेत्रलाई २०५८ साल (सन् २००२) मा शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।
बि.सं २०६५ (सन् २००९) सालमा १५ वर्ग किमी क्षेत्रफल भएको काठमाडांै र धादिङ जिल्लामा अवस्थित नागार्जुन वन क्षेत्रलाई पनि शिवपुरीमा समावेश गरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरियो । १६५ बर्ग कि.मि. क्षेक्रफलमा फैलिएको यो राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको उत्तर र पश्चिममा अवस्थित छ ।
यसले नेपालको संरक्षित क्षेत्र प्रणालीमा मध्य पहाडी भूभागको पारिस्थिकीय प्रणालीको प्रतिनिधित्व गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रको जैविक विविधताको संरक्षण र व्यवस्थापनमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता हासिल गर्न वि.सं. २०७२ (सन् २०१६) मा काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक र धादिङ जिल्लाका ९ नगरपालिका र २ गाउँपालिकाको ११८.६१ वर्ग किमी क्षेत्रफल समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ ।
यस राष्ट्रिय निकुञ्जका मुख्य विशेषता
ड्ड मध्यवर्तीका सम्पूर्ण र काठमाडौँ उपत्यकाका ५० प्रतिशतभन्दा बढी बासिन्दाका लागि शुद्ध खानेपानी आपूर्ति गर्नु, भूमिगत जलभण्डार, सिंचाई र जलविद्युत उत्पादनका लागि जल प्रवाह गर्नु ।
ड्ड काठमाडौँ उपत्यकामा उत्सर्जन हुने प्रदुषित वायूलाई कार्वन विच्छेदनका माध्यमबाट काठमाडौँको हावालाई स्वच्छ पार्ने र तापक्रमलाई सन्तुलित गर्ने ।
ड्ड पवित्र वाग्मती र विष्णुमती नदीको उद्गमस्थल, वाग्मती, विष्णुमती, नदीहरुको जलाधार क्षेत्रको व्यवस्थापन ।
ड्ड मध्य पहाडी भूभागको जैविक विविधताको संरक्षण ।
ड्ड उत्तर र दक्षिण जोड्ने महत्वपूर्ण जैविक मार्ग ।
ड्ड अन्तर्राष्ट्रिय संरक्षण समुदायले महत्वपूर्ण चरा र जैविक विविधता क्षेत्रको घोषणा गरिएको क्षेत्र ।
ड्ड नेपालको राजधानी काठमाडौँबाट नजिकै रहेको मुख्य पर्यटकीय गन्तब्यस्थल ।
ड्ड जैविक विविधता, धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानको लागि उपयुक्त क्षेत्र ।
ड्ड विद्यार्थी र अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा रहेको छ ।
वन तथा वनस्पति विविधता
यो राष्ट्रिय निकुञ्जको भौगोलिक अवस्थिति, उचाई र जलवायुको विभिन्नताका कारण यहाँको वनस्पतिको विविधतामा प्रचुरता पाइन्छ । यो निकुञ्ज उपोष्ण र समशितोष्ण क्षेत्रमा अवस्थित रहेको पाइन्छ । यहाँ १४०२ प्रजातिका वनस्पति पाइने गरेका छन् ।
करिव १२९ प्रजातिका च्याउ र २२ प्रकारका सुक्ष्म ढुसीका प्रकारहरु अभिलेखिकरण गरिएका छन् । यहाँ १४०२ मध्ये १११४ फूल फूल्ने वनस्पतिहरु पाइन्छन् भने १६ प्रजातिका रैथाने वनस्पतिहरु पाइन्छन् । यो निकुञ्जमा चार किसिमका वनका प्रकारहरु छन्, जसमध्ये तल्लो मिश्रित चौडापाते वन, खोटे सल्लाको वन, खस्रु–फलाटको वन र उपल्लो मिश्रित चौडापाते जंगल रहेका छन् ।
वनको किसिमहरुको विविधताका कारण यहाँ वनस्पति र प्राणीहरुको (जीवजन्तु) विविधता रहेको पाइन्छ । फलस्वरुप यहाँ खतरामा परेका र रैथाने प्रजातिका वन्यजन्तुका प्रकारहरुको प्रचुरता रहेको छ । यहाँको जंगलमा चिलाउने, कटुस, उत्तिस, खोटेसल्ला, खस्रु, फलाट, बाँझ, गुराँसका प्रजातिहरुको प्रधानता रहेको छ ।
यस निकुञ्ज क्षेत्रभित्र भिन्न प्रकारका विविधतापूर्ण एजथकष्यनचबउजष्अ अवस्थाका कारण ५ प्रकारका पारिस्थिकीय प्रणाली र ४ प्रकारका वनका किसिमहरु पाइन्छन् । मध्यपहाडी क्षेत्रमा पाइने ५२ प्रकारका वन पारिस्थिकीय प्रणालीमध्ये यो निकुञ्जले ९.६ प्रतिशत अर्थात ५ वटा प्रकारको प्रतिनिधित्व गर्दछ ।
उपलब्ध पारिस्थिकीय प्रणालीहरुमध्ये क्रमशः कोलिनियन खस्रु–चौडापाते वन ३७६९ हेक्टर, त्यसपछि चिलाउने र खोटेसल्ला ःभकयजथनचबउजथतष्अ २,५४५ हेक्टर र पहाडी खस्रु–वाझ २,१९२ हेक्टर पाइन्छन ्।
वन्यजन्तुको आश्रय स्थल
स्तनधारी जनावर
यो निकुञ्जमा संकटमा परेका र संकटमा नपरेका स्तनधारी वन्यजन्तु पाइन्छन् । यिनिहरु उपोष्ण क्षेत्रको १३०० मिटर उचाई देखि समुद्र सतहबाट २७०० मिटरसम्मको उचाईको शितोष्ण वन क्षेत्रमा फैलिएका छन् ।
प्रत्यक्ष अवलोकन, अप्रत्यक्ष अवलोकन, अन्तर्वार्ता, अध्ययन प्रतिवेदन समेतका आधारमा ३० प्रजातिका स्तनधारी वन्यजन्तु अभिलेखिकरण गरिएका छन् । यस क्षेत्रमा अभिलेखिकरण गरिएका ३० प्रजातिका स्तनधारी वन्यजन्तुमध्ये राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचीकृत संरक्षित वन्यजन्तु ४ प्रजातीहरु, आयूसिएनको रेड डाटा बुकमा सूचीकृत ८ प्रजातिहरु, १२ प्रजातिका साइटिसको अनुसूचीमा सूचीकृत (अनुसूची–१ ) मा ८ र अनुसूची २ मा ४ वन्यजन्तुहरु यस निकुञ्जमा पाइन्छन् ।
यस राष्ट्रिय निकुञ्जमा पाइने मुख्य स्तनधारी वन्यजन्तु
जरायो, थार, हिमालयन घोरल, चितुवा, ध्वाँसे चितुवा, चरी बाघ, हिमाली कालो भालु, सालक, रातो बाँदर, आसामी (पहरे) रातो बाँदर, हिमाली कालो भालु, जंगली बिरालो
पंक्षी
निकुञ्ज क्षेत्रमा ११७ प्रजातिका बसाइसराई गरी आउने चरा समेत ३२० प्रकारका चराका प्रजातिहरु पाइन्छन् । निकुञ्जमा अभिलेखिकरण गरिएको चराका प्रजातिहरु मध्ये १२० प्रकारका सिमसार क्षेत्रमा आश्रित, ८० प्रजातिका जाडोको मौसममा बसाइसराई गरी आउने आगन्तुक, ६ प्रकारका मनसुनमा बसाइसराई आउने, २८ प्रकारका आवासिय प्रकारका र ६ प्रकारका फिरन्ते चराका प्रजातिहरु पाइन्छन् ।
२२ प्रकारका विश्वमै संकटामा परेका प्रजातिहरु जस्तै संकटापन्न सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध यस निकुञ्जमा पाइन्छन् । अरु यस क्षेत्रमा सामान्यत पाइने पंक्षीका प्रजातिहरुमा हिमाली गिद्ध, चल्लाचोर भुइँचील, वन बाज, शिक्रा, श्येनबाज, द्रोणक चील, गोमायु महाचील (वि.पि.पि. १९९५), गोकले, लामापुच्छ«े, कालिज, कोइली, चुरेली, गौथली, जलखञ्जरी, खोलेधोबिनी, तोरी गाडा, भ्याकुर फिस्टा, मुसालिडे डिकुरे भ्याकुर र नेपालमा मात्र पाइने रैथाने चराको प्रजाती काडे भ्याकुर पनि यस निकुञ्जमा पाइन्छन् ।
उभयचर र सरिसृप
दूर्लभ र संकटापन्न सरिसृप र उभयचार प्रजातिको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र उत्तम बासस्थान हो । उपोष्ण र शितोष्ण क्षेत्रको विशेषताहरुको प्रतिनिधित्व गर्ने यो क्षेत्र वन्यजन्तुको सरिसृप र उभयचरहरुको प्रचुरता रहको छ । यस निकुञ्जमा हाल सम्म ९ प्रजातीका उभयचर र २० प्रजातीका सरिसृपहरु अध्यावधिक गरिएको छ ।
राजगोमन यस निकुञ्जमा पाइने मुख्य सरिसृप हो । सरीसृप र उभयचरको बारेमा बिस्तृत अध्ययन अनुसन्धान हुन नसके पनि भ्यागुते सर्प , धामन, पानीसाँप, चिचिन्डे लगायतका सर्पहरु तथा हरियो छेपारो, छिपकली जस्ता सरीसृप समेत यहाँ पाइन्छ । पाहा, भ्यागुता, खस्रे भ्यागुताहरु यहाँ पाइने मुख्य उभयचरहरु हुन् ।
पुतली र कीराहरु
परागसेचनमा मुख्य भुमिका खेल्ने पुतलीहरुको मानिस, जैविक विविधता र पारिस्थिकीय प्रणालीमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । बासस्थान विज्ञहरुको मत रहेको छ की वातावरणमा हुने परिवर्तनबाट पुतली र मोथहरुको संख्या घट्नुको मुख्य कारण बासस्थान विनाश नै हो ।
भू उपयोग प्रणाली जस्तै भौतिक पूर्वाधारको निर्माण र जलवायु परिवर्तनको कारण प्रतिकूल प्रभाव परेको छ । नेपालमा ६६० प्रजातिका पुतलीहरु पाइन्छन्, जुन विश्वमा पाइने पुतलीका प्रजातिको ३.३ प्रतिशत हो ।
३६० भन्दा बढी प्रजातिका पुतलीहरु काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा अभिलेख गरिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज एउटा सम्भावित क्षेत्र हो जहाँ पुतलीहरुको उचाईका आधारमा वितरण रहेको पाइन्छ ।
विगतमा गरिएको अध्ययनमा १०८ प्रजातिका पुतलीहरु अभिलेख गरिएको छ जे भए तापनि १२४ प्रजातिका पुतलीहरु पनि अभिलेखिकरण गरिएको छ । दूर्लभ र संकटापन्न आयुसिएनको रातो सूचीमा सूचीकृत यो प्रजाति २१२० मिटर उचाईमा पाइन्छ । उचाईका आधारमा पुतलीको वितरण ४१ प्रजातिहरु १४०० मिटरको क्षेत्रमा, ४४ प्रजातिहरु १९०० मिटर उचाई, १७ प्रजातिहरु २४०० मिटर ६ प्रजातिहरु २७०० मिटर गरी कुल १०८ प्रजातिहरु पाईन्छन् ।
माछा
धाप ड्याममा रहेको पोखरी र त्यसको तल्लोतटीय खोलामा एउटा प्रजाति मात्र जुन सबै प्रकारका प्राकृतिक पानीका स्रोतमा नेपालभरि नै पाईने प्रजाति “द क्रिक लोच” । यो प्रजाति कम महत्वको र आयूसिएनको कम सरोकारको प्रजातिमा सूचीकृत गरिएको छ । नागमती खोलामा असला माछाको एउटा प्रजातिको धेरै संख्यामा पाईएको छ ।
जलश्रोत
धार्मिक क्षेत्र, जल श्रोतका मुहान र जैविक विविधता संरक्षणका दृष्टिकोणले काठमाडौँ उपत्यकाको उत्तरतर्फ रहेको शिवपुरी र पश्चिम तर्फ रहेको नार्गाजुन महत्वपूर्ण पहाडहरुका रुपमा रहेका छन् ।
शिवपुरीको पानीमुहान (मुहान पोखरी) क्षेत्रबाट वि.सं. १९५० देखि नै काठमाण्डौ शहरमा योजनावद्ध रुपमा पुर्वाधार विकास गरि खानेपानी आपूर्ति हुने गरेको छ । शिवपुरी जलाधार क्षेत्र संरक्षणको लागि वि.सं. २०३२। ३३ देखि बिश्व खाद्य तथा कृषि कार्यक्रम (ँब्इ) को सहयोगमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
यसका साथै जलाधार क्षेत्र आसपासको करिव ४,००० रोपनी (२०० हेक्टर) निजी जमिन अधिग्रहण गरी वृक्षारोपण गरिएको थियो । यस क्षेत्रबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी वितरणको लागि र केहि संघ संस्था, तथा व्यक्तिलहरुले समेत निजि प्रयोगकोलागि पानी संकलन गर्ने गरेका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको शिरमा रहेको एक जलभण्डार हो । काठमाडौँ उपत्यकाका ५० प्रतिशत जनसंख्या र मध्यवर्ती क्षेत्रका सम्पूर्ण जनसंख्यालाई सदियौँदेखि खानेपानी आपूर्ति गर्दै आइरहेको छ ।
करिव दैनिक ३ करोड लिटर पानी वाग्मती, विष्णुमती, स्यालमती, रुद्रमती, साङ्ला, टुसाल खोला, सालीनदी, महादेव खोला र नागमतीबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सङ्कलन तथा वितरण गरिरहेको छ भने अन्य सयौँ खानेपानी उपभोक्ता समितिले खानेपानी सङ्कलन तथा वितरण गर्दै आइरहेका छन् । यसमा सबैभन्दा ठूलो जलाधार क्षेत्र ३३.७ वर्ग कि.मि. क्षेत्रफल भएको सुन्दरीजलमा रहेको छ । यस जलाधार क्षेत्रको सम्पूर्ण पानी वाग्मती नदीमा आएर मिसिन्छ ।
खानेपानीका अलावा तल्लोतटीय क्षेत्र काठमाडौँका भूमिगत जलभण्डारलाई सिंचित गर्नु, जलविद्युत उत्पादन, तल्लोतटीय क्षेत्र काठमाडौँ उपत्यकाका कृषि भूमिका लागि सिंचाईको सुविधा उपलब्ध गराउँदै आएको छ ।
यस निकुञ्जको अर्को प्रमुख महतव पवित्र वाग्मती, विष्णुमती, इन्द्रावती र त्रिशुली नदीहरको जलाधार क्षेत्र संरक्षण र व्यवस्थापन गर्नु नै हो । वन जंगलको संरक्षणबाट जलाधार क्षेत्रमा भू क्षय र भू स्खलन रोकथाम गर्दछ जसले गर्दा लल्लतेतटीय क्षेत्रमा बाढी पहिरोबाट धनजनको क्षतिलाई न्यूनीकरण गर्दछ भने उर्वर कृषि भूमिलाई मरुभूमिकरण हुनबाट सुरक्षा कवचको काम गर्दछ ।
पर्यटकिय गतिबिधि
पर्यटकहरु भ्रमण गर्नुको मुख्य उद्देश्य छोटो पदयात्रा, जलस्रोतको अवलोकन, चरा अवलोकन, साईकलिंग, अध्ययन अनुसन्धान लगायतका कार्यका लागि पर्यटकहरु निकुञ्ज भ्रमणका लागि आउने गर्दछन ।
काठमाडौं उपत्यका देखि नजिक भएको हुँदा प्राय गरेर बिदाको दिनमा नेपाली पर्यटक बढी सँख्यामा साथै संरक्षण शिक्षाको उद्देश्यले समेत निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरु निकुञ्ज अवलोकन भ्रमणमा आउने गर्दछ ।
निकुञ्जका प्रमुख पर्यटकीय स्थल
धार्मिक स्थल
शिवपुरी पहाडको चुचुरो र नागार्जुन पहाडको चुचुरो हिन्दु र बौद्ध धर्माबलम्बीका लागि पवित्र तीर्थस्थलहरु हुन् । शिवपुरीमा भगवान शिव र नागार्जुनमा भगवान गौतम बुद्धको तपो भूमि हुो । पवित्र वाग्मती र विष्णुमती नदीहरुको उद्गमस्थल शिवपुरी पहाडको पूर्वि र दक्षिण मोहडा रहेको छन् ।
जमाचो, पचलीभैरव, बुद्धगुफा, नागार्जुनतर्फका प्रसिद्ध धार्मिकस्थल हुन भने बागद्वार, विष्णुद्वार, सुन्दरीमाई, कागेश्वरी, मणिचुड, तारकेश्वर र नागीगुम्बा शिवपुरीतर्फका प्रख्यात धार्मिक तीर्थस्थलहरु हुन् ।
साहसिक खेल रक क्लाइम्विङ्ग तथा क्यानोनिङ्ग
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन क्षेत्रमा साहसिक खेल रक क्लाइम्विङ्ग गर्ने स्थान रहेको छ । सो साहसिक खेल खेल्न नेपाली नागरिक, सार्क नागरीक तथा अन्य विदेशिहरु निकुञ्ज प्रवेश गर्ने गरेका छन ।
यसका अलवा नेपाली सेना, सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीका राष्ट्र सेवक हरुले तालिमको दौरान उक्त साहसिक खेल रक क्लाइम्विङ्ग गर्ने गरेका छन ।
सुन्दरीजल क्षेत्रमा रहेको स्यालमती झरना तथा बागमती नदीमा खेलिने अर्को साहसिक खेल हो क्यानोनिङ्ग । झरना तथा खोलामा छांगो माथिवाट पानी संङ्ग खेल्दै रम्दै तलतिर झर्ने कार्यनै क्यानोनिङ्ग हो । उक्त दुवै साहसिक खेल खेल्न युवा पुस्ता वढी लालायित हुने गरेको देखिन्छ ।