प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको नेपाल निजामती कर्मचारी युनियन (संघ)ले भत्सर्ना गरेको छ।
युनियनका तर्फबाट उपमहासचिव दुर्गाप्रसाद फुयालले जारी गरेको विज्ञप्तिमा कुनै पनि कुराको समाधान कानुन र बिधिको हुनु पर्नेमा भौतिक आक्रमण गरिनु न्यायोचित कार्य नभै हिंश्रक र निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा यस्ता क्रियाकलापले आम निजामतीको मनोबल गिर्ने कार्य भएको ठहर गर्दै दोषीमाथि कारबाहीको माग गरिएकोछ ।
गरिबी निवारणका उद्यम कार्यक्रमका लागि मन्त्रीको आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै प्रदेश २ का अर्थमन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव विद्यानाथ झालाई आइतबार कुटपिट गरेका थिए ।
spacekhabar





















