१५ दिनमै बिग्रिए महानगरका ब्रुमर

काठमाडौँ । उपत्यकाका सडकको धुलो, माटो टिप्नका लागि विदेशबाट मगाइएका ब्रुमर सडकमा चल्न सुरु गरेको १५ दिनमै थन्किएका छन् ।

धुलो, माटोका ससाना र मसिना कण टिप्न सक्ने गरी निर्माण गरिएका ब्रुमरले काठमाडौँका सडकमा रहेका ठूलठूला गिट्टी, माटो र बालुवाका कण मात्र नभएर फोहोरका गुजुल्टा समेत टिप्नु पर्ने भएपछि ब्रुमर थन्किन पुगेका हुन् । महानगरले सञ्चालनमा ल्याएका पाँच वटा ब्रुमर मध्य दुई वटा ब्रुमर थन्किएका महानगरका अधिकारीले बताएका छन् । महानगरका अधिकारीका अनुसार धुलो, माटोको ठूलठूला कण र महानगरका चालकको कारणले पनि ती मेसिन थन्किएका हुन् ।

महानगरका प्रवक्ता इश्वरमान डंगोलका अनुसार ब्रुमर सञ्चालन गर्ने क्रममा केही त्रुटी देखिएको हो । चालकहरु सिक्ने क्रममै भएका कारण केही सिस्टममा समस्या देखिएको होे ।

डंगोलले भन्नुभयो ‘चालहरुलाई हामी ब्रुमर चलाउन ट्रेनिङ दिइरहेका छौँ, ट्रेन्ड भइसकेका छैनन्, त्यसैले प्राविधिक त्रुटी आएको हो ।

उहाँले यस्ता इक्यूपमेन्ट संचालनका क्रममा सिकारु चालकहरु हतारिदा ब्रुमरमा समस्या आएको बताए । कम्पनीले ३ वर्षसम्म ब्रुमर बिग्रिए पनि त्यसको मर्मत गरिदिने सम्झौँता गरेको डंगोलले बताउनुभयो।

उक्त ब्रुमर चैत्र १२ गतेबाट आधिकारीक रुपमा काठमाडौंका मुख्य–मुख्य चोकहरुमा सफा गर्ने गरी सञ्चालन आएको हो । यूरोपबाट ल्याइएको ब्रुमर नेपाली कम्पनी वेब्सले ठेक्का लिएर आयात गरेको हो ।

एउटा ब्रुमरले १ घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने क्षमता राख्छ । महानगरले दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्यसहित ब्रुमर ल्याएको हो । ५ वटा ब्रुमर मध्ये ४ वटा १६ टन क्षमता बराबरका रहेको छ भने अर्को एउटा ६ टन क्षमताको रहेको छ ।

महानगरपालिकाले हरेक दिन राती ८ बजेदेखि बिहान ४ बजेसम्म ८ घन्टा ब्रुमर संचालन गर्दै आएको छ । ४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको हो । यी ५ वटा ब्रुमरको लागि महानगरले ८ करोड ६६ लाख १२ हजार ४६० रुपैयाँ खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here