महोत्सवमा सर्प बचाऔँ अभियान

दमौली । सर्प देख्ने बित्तिकै आङ सिरिङ हुने गर्छ । सर्पलाई भगाउने, पिट्ने मार्नेसम्मको काम भएको जताततै देखिन्छ । सर्प देखेपछि सर्पलाई बाँच्न दिनुपर्छ भन्ने सम्मको कसैले भनेको सुनिदैन ।

वातावरण संरक्षणका लागि सर्पको कस्तो भूमिका खेल्छ भन्ने कुरामा न कसैले ध्यान दिएको हुन्छ न त कसैले सर्पलाई बचाउनु पर्छ भन्ने वकालत गरेको नै सुनिन्छ । तर तनहुँको शुक्लागण्डकी नगरपालिद्धारा आयोजित११औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सो कार्यक्रममा नेपाल सर्प समाजका अध्यक्ष महेन्द्र कतिलाले सबै सर्प विषालु नहुने र विषालु भए पनि मानिसले नजिस्काएसम्म सर्पले आक्रमण नगर्ने भएकोले सर्प देख्ने वित्तिकै मार्न र लखेट्न नहुने बताउनुभयो । उहाँले सर्पको पालन गरेर आर्थिक फाइदा लिन सकिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, सर्पको विषले औषधि बन्छ । मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिकीय चक्रमासमेत महत्वपूर्ण भूमिका खेल्न सहयोग पु¥याउँछ । अनि यसलाई जहाँ देख्यो त्यही मार्ने काम गर्न हुँदैन ।

महोत्सवमा विषालु कोब्रा, करेत, मुगा, हरेउ, हिमालयन किल ब्याग, कुमन क्याट लगायतका प्रजातिका सर्पको नमूना प्रदर्शनी गरिएका छन भने वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सर्प संरक्षणका लागि सचेतना अभियान चलाइरहेका छन् । हिन्दु धर्म अनुसार सर्पलाई पूजा गर्ने चलन पनि छ । नागपञ्चमीमा हिन्दु धर्मालम्वीले नागको पूजा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here