कञ्चनजंघा विश्वकै लागि लोभ लाग्दो

लेलेप । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले कञ्चनजंगा संरक्षण क्षेत्र जैविक विविधताको लागि नेपालको मात्र नभएर विश्व समुदायका लागि लोभ लाग्दो ठाउँ भएको बताउनुभएको छ ।

कञ्चनजंगा संरक्षण क्षेत्र कार्यालयको मूख्य कार्यालय ताप्लेजुङको लेलेपमा उद्घाटन गर्दै डा. ओलीले कञ्चजंघा क्षेत्र नेपाल, भारत र चीन त्रिदेशीय करिडोर भएकाले नेपालको संरक्षणका कार्यमा भारत र चीनको पनि साझेदारीता र समन्वय हुनु पर्ने बताउनुभयो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तथा कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय भवन निर्माणमा ५० लाख रुपियाँ जन श्रमदान सहित जम्मा १ करोड ३५ लाख रुपियाँ लागत लागको छ ।

कार्यक्रममा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्ष खगेन्द्र फेम्वु लिम्वुले सरकारले कञ्चनजंघा क्षेत्रको संरक्षणका लागि सरकारले थप बजेट विनियोजन गर्नुपर्ने माग राख्नुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डे, फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज ऐभेङ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक इकोलोजिष्ट हेमराज आचार्य, संरक्षण अधिकृत महेश्वरप्रसाद निरौला र नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

स्थानीय समुदायलाई संरक्षणको जिम्मा दिने नयाँ मोडलका रुपमायो क्षेत्रलाई नेपाल सरकारबाट मिति २०६३ असोज ६ गते स्थानीय समुदायलाई हस्तान्तरण गरिएको थियो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अन्तरगतका ७ वटा समितिहरुलाई संरक्षण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत सो अवसरमा कदरपत्र पनि प्रदान गरियो ।

बिहादी उपभोक्ता समिति, याङ्गुताङ उपभोक्ता समुह, हेल्लोक अग्नी नियन्त्रण इकाई, लुङथुङ प्रहरी चौकी लेलेप र गुराँसे सामुदायिक वन उपभोक्ता समूहलाई आगलागी नियन्त्रण र चोरी शिकारी नियन्त्रण कार्यको लागि भूमिका निर्वाह गरे वापत प्रति सस्ंथा पाँच हजारका सहित कदर पत्रले सम्मानित गरियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here