काठमाडौँ । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा पंक्षीजगतमा पर्न थालेको छ । पंक्षीविद् डा. हेमसागर बरालका अनुसार जलवायु परिवर्तनले रैथाने पंक्षीको वर्षभरीको आहार विहार, बच्चा कोरेल्ने समय, बच्चाको बाँच्नेदर, हुर्काउने लगायतका कुरामा थप चुनौतीहरु थपिँदै गएका छन् ।
डा. बरालले नेपालकथासँग भने, ‘‘रैथाने चराहरुको लागि हिजोको जस्तो प्राकृतिक वातावरण भएन, दिनप्रतिदिन प्राकृतिक वातावरण बिग्रदै जान थाल्दा रैथाने चराको वार्षिक क्यालेन्डर प्रभावित हुन थालेका छ भने आगन्तुक चराहरु पहिलेको भन्दा लामो समय नेपालमा बस्न थालेका पनि देखिन्छ । केही आगन्तुक चराहरु वर्षभरी पनि यही बस्न थालेका छन् ।
पानीको स्रोत सुक्दै जाँदा किरा, फट्याङ्ग्राको जीवनशैली पनि परिवर्तन भई चराको आहारमा समस्या देखिन थालेको छ । यसबाट के देखिन्छ भने जलवायु परिवर्तनको प्रत्यक्ष असर पंक्षी जगतमा बढी देखिन थालेको छ ।

यसका पछाडी पहिलो कारण चराहरुले जानु पर्ने ठाउँको हावापानी हिजोको भन्दा बिग्रेर पनि चराहरु यही बसेको हुन सक्छन् अथवा जानु पर्ने ठाउँमा पाउने वातावरण नेपालमै पाएर पनि हुन सक्छ, चराहरुको नेपालको बसाई पहिलेको भन्दा बढी लामो भएको । पछिल्ला दिनमा केही प्रजातिका आगन्तुक चराहरु नेपालमै बस्न थालेका छन् । कतिपय चराहरु भारत नगएर यतैबाट उत्तरतर्फ फर्किने समेत गरेका छन् ।’’
डा. बरालका अनुसार सिमसार क्षेत्रहरु सुक्न थालेपछि सिमसारमा आश्रित पंक्षीहरुले बासस्थान परिवर्तन गर्न थालेका छन् । मूलहरु सुक्न थालेपछि मुल वरीपरी देखिने चराहरु खोलाका किनारतर्फ बढी केन्द्रित हुन थालेका छन् । पानीको स्रोत सुक्दै जाँदा किरा, फट्याङ्ग्राको जीवनशैली पनि परिवर्तन भई चराको आहारमा समस्या देखिन थालेको छ । यसबाट के देखिन्छ भने जलवायु परिवर्तनको प्रत्यक्ष असर पंक्षी जगतमा बढी देखिन थालेको छ ।
साइबेरियाबाट नेपाल आएर अस्थायी बसोबास गर्ने क¥याङकुरुङ चरा नेपालको बाटो भएर भारतको राजस्थान र गुजरातमा उडान भर्न सुरु गरेका छन् । भारतमा अस्थायी बसोबास गर्ने यी चराहरु नेपालको तराई क्षेत्र भएर त्यस तर्फ उडान भर्न थालेको कुरा डा. बरालले जानकारी दिए । बसाइँ सर्ने क्रममा क¥याङकुरुङ सारस आहारा र आरामका लागि चितवन, कैलाली, बर्दिया, कञ्चनपुरको विभिन्न ठाउँमा केही दिन रोकिने समेत गरेका छन् ।
चराको राजधानी मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा बर्र्खायाम सकिएसँगै चराहरुको आन्तरिक बसाईसराई सुरु हुन थालेको हो ।

भारत जाने क्रममा क¥याङकुरुङ सारसले १३ देखि ४० दिनसम्म चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको अध्ययनले देखाएको छ । जाडोमौसम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तान लगायतका देश हुँदै यो चरा रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ पुनः फर्कने गरेका छन् ।
यसैबीच शरद ऋतुको सुरुवातसँगै चराहरुको आन्तरिक बसाईसराई सुरु हुन थालेको छ । चराको राजधानी मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा बर्र्खायाम सकिएसँगै चराहरुको आन्तरिक बसाईसराई सुरु हुन थालेको हो । पहाडी जिल्लाहरुमा जाडो बढ्न थालेसँगै चराहरुको आन्तरिक बसाईसराई सुरु भएको छ ।
पूर्वी नेपालको दुई हजारदेखि ३ हजार उचाईका पहाडहरुबाट चराहरु जाडो छल्न तराई क्षेत्रमा झर्न थालेका छन् । पहाडी क्षेत्रबाट भद्राई, फिस्टा, चुईयाँ र अर्जुनक प्रजातिका चराहरु तराईको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र र सो आसपासका क्षेत्रहरुमा पहाडी क्षेत्रबाट चराहरु आउने गरेको डा. बरालले जानकारी दिए ।

तराई क्षेत्रको सुनसरी, मोरङ्ग, झापा, सप्तरी, उदयपुर र सिराह जिल्लाका वनजंगल र सिमसार क्षेत्रहरुमा चराहरु देखिन थालेका छन् । डा. बरालका अनुसार पहाडी क्षेत्रमा बच्चा कोरलेपछि जाडो छल्न तराई क्षेत्रमा चराहरु आउने गरेका छन् । असोज महिनाको लागेदेखि नै पहाडी क्षेत्रबाट आएका आन्तरिक पाहुना चरा तराई क्षेत्रमा देखिन थालेका हुन ।
तराईमा आएका चराहरुले आफनो आहराका रुपमा हिउँदे बालीमा लाग्ने किरा फट्याङ्ग्रा खाएर किसानलाई समेत सहयोग हुने गरेको छ । केही वर्षदेखि आन्तरिक चराहरु कम आउँदा तराईमा बालीहरुमा किराहरुको प्रकोप बढी देखिने गरेको थियो । पछिल्लो केही वर्षदेखि विभिन्न कारणले चराहरुको आन्तरिक बसाईसराई कम हँुदै आएको छ ।