अब फेवाताल किनारमा झण्डा पार्क

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क निर्माण हुने भएको छ ।

चार करोड लागतमा निर्माण हुन थालेको सो पार्कमा दुवै निकायको ५०/५० प्रतिशत लगानीमा लगाउने सहमति भएको छ ।

पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले बताए ।

४ करोड लागतमध्ये चालू बर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पार्कको पहिलो चरणको काम गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।
‘१ करोड ९ लाखको टेण्डर निकालेका हौं । ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भयो, महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले भने –१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ ।

यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’ पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्क भित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ । महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए ।
‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो, उनले भने–लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अव चम्किनेछ । ड्यामसाईड पनि लेकसाईड हो भनेर प्रमाणीत गर्न यो पार्कको भूमिका ठूलो हुन्छ ।’आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने उनले सुनाए ।

प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाटै झण्डापार्क बनाउने निर्णय गरेको थियो । त्यसका लागि महानगरले पनि समन्वय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here