कुलमान गर्जिए, महसुल नतिर्नेलाई ठेगाना लगाइन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको बिजुली प्रयोग गरेर महसुल नतिर्ने जतिसुकै ठूलो व्यापारी, उद्योगी भएपनि बील तिर्न लगाइने र बील तिर्न नमाने ठेगाना लगाइने बताएका छन् ।

ट्रङ्क लाइनबाट उद्योगले बिजुली प्रयोग गरेर बील नतिर्ने धम्की दिँदै आएको व्यापारी उद्योगीहरुका चर्का कुरा बाहिर आइहेका बेला बिहीवार कुलमानले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा स्पष्ट पारेका छन् । बिहीवारको पत्रकार सम्मलेनमा निकै भावुक देखिएका कुलमानले भने, जे कुरा बाहिर आएको छ, त्यस बारेमा थप गहन अध्ययन हुन्छ । यसमा जो संलग्न भएको भेटिन्छन् । कसैलाई छाडिने बाला छैन ।

उहाँका अनुसार यो प्रकरणमा संलग्न हुने प्राधिकरणका कर्मचारी बारे पनि अध्ययन भइरहेको छ । कर्मचारीको मिलोमतो देखिए, ती कर्मचारीलाई पनि कठघरामा उभ्याइने भएको छ ।

कसले, कति मात्राको बिजुली उपभोग गरेका छन् । त्यसको प्रमाण हामीसँग स्पष्ट नै छ । त्यसलाई गहन रुपमा अध्ययन गरिन्छ । अनि मात्र थप कुरा गरिन्छ, कुलमानले गर्जिदै भने । आफुलाई अब्बल दर्जाको उद्योगी हुँ भन्दै तक्मा भिर्ने केही व्यक्तिहरुले कुलमानलाई सडक तथा चिया पसलमा चुनौती दिन थालेपछि कुलमान बिहीवार पत्रकार मार्फत गर्जिन पुगेका हुन् ।

प्राधिकरणका एक जना सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा समिति गठन गरेर ट्रंक लाइनको २०७३ साउनदेखिको विद्युत महसुलबारे फेरी गहन छानबिन गर्न थालिएको छ । छानविन गर्दा आफुले उपभोग नगरेको दावी गर्ने कथित उद्योगी व्यापारीलाई विद्युत् चोरीमा मुद्धा चलाउने पनि तयारी गरिएको छ ।

कुलमानले सञ्चारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले भने तत्कालीन विद्युत महसुल निर्धारण आयोगको निर्देशनमा ट्रंक लाइनका उद्योगलाई बिल पठाइएको थियो । केही उद्योगीले तिरी सकेका छन् । बिजुली बाल्ने तर बील नतिर्नेको पनि आवाज सानो छैन । बिरोध गर्नेको पनि अध्ययन गरिरहेका छौँ ।

पुन समितिलाई एक महिनाभित्र अध्ययन गरेर प्रतिवेदन पेस गर्ने समय सीमा दिइएको छ ।
यो प्रकरणमा कुलमानले व्यापारी तथा उद्योगीसँग मिलेर काम गर्ने कर्मचारी माथि पनि निगरानी राखेको छ । यो प्रकरणमा कुलमानको नाम जोडिन पुगेपछि तल्ला तहका कुनै पनि कर्मचारीको गल्ती भेटिएमा नछाड्ने मनस्थितिमा कुलमान पुगेका छन् । त्यसको पनि तयारी भइरहेको छ ।

समितिलाई ट्रंक लाइनको महसुल असुल गर्ने, बिलिङ नगरेका शाखालाई स्पष्टिकरण सोध्ने र गुनासो आएका ठाउँमा छानबिन गर्ने अधिकारी पनि दिइएको छ ।

प्राधिकरणका सञ्चालक पुनको संयोजकत्वमा यसअघि गठित समितिले २९८ ग्राहकले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेको र त्यो समयमा उपभोग गरेको बिजुलीको झन्डै ५ अर्ब रुपैयाँ तिर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

देशभरमा यस्तो ६७ वटा उद्योगी व्यापारीहरुमाथि छानविन भइरहेको छ । प्राधिकरणले बील जारी गरिसकेपछि कतिपय व्यापारीहरु अदालत समेत धाउन थालेका छन् ।

उज्यालो नेपाल अभियानका नायक कुलमानलाई बेला बेला बिभिन्न आरोप लाग्दा तत्काल पत्रकार सम्मेलन गरेर आफ्ना कुरा बाहिर ल्याउने गरेका छन् । यो पटक गरी कुलमानले आफनो कार्यकाल छ पटक सम्म विशेष पत्रकार सम्मेलन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here