कहिले बन्ला मकरीगाड जलविद्युत आयोजना ?

दार्चुला । आयोजनास्थलसम्म पुग्ने सडक निर्माणमा भएको ढिलाईले १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजनामा ढिलाई भइरहेको छ ।

अपी हिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडमा गत पुस महिनाबाट निर्माण सुरु गर्ने लक्ष्य राखेको भएपनि सडक नपुगकोले हालसम्म पनि काम सुरु हुन सकेको छैन ।

सन् २०१९ भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाका इन्जिनियर उपेन्द्रबहादुर चन्दले बताएका छन् । कुल दुई अर्ब पाँच करोड रुपैया लाग्ने अनुमान गरिएको आयोजना निर्माण भए सुदूरपश्चिम प्रदेशमा विद्युत आपूर्तिको सहज हुने छ ।

संघीय सरकारले निर्माण गरिरहेको जिल्लाको मार्मादेखि मकरीगाड हुदै अपिहिमालको खण्डेश्वरी जोड्ने विटुले पारिबगर खण्डेश्वरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएपनि सवारी साधन गुड्नसम्मको गुणस्तर अझै हुन सकेको छैन ।

यस आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलियाको बलाँचस्थित १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here