ज्ञानेन्द्र होस् कि बिनोद चौधरी, सबैलाई कारवाही हुन्छ

काठमाडौँ । वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले काठमाडौँ उपत्यकाभित्र बिहानको समयमा प्रदुषित वायु बढी चल्ने भएकाले मर्निङ वाक गर्न त्यति उपर्युक्त नभएको सुझाव दिनुभएको छ ।


मध्य रात र मध्य दिनमा उपत्यकाको वायु सफा रहे पनि साँझ र बिहानाका समयमा प्रदुषित वायु बढी देखिने गरेको भन्दै उहाँले तर्क अघि सार्नुभएको हो ।


वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा वातावरण मैत्री काम गर्ने प्रतिवद्धता व्यक्त गरेका तर पछि ती प्रतिवद्धताहरु पूरा गरे वा नगरेको विषयमा ती निकाय, उद्योग प्रतिष्ठान, अस्पतालको नियमित अनुगमन गर्ने काम वातावरण विभागले गर्ने गरेको छ ।


आफ्ना प्रतिवद्धता पूरा नगर्ने निकायलाई विभागले कारवाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्ने गरेको छ । विभागले कारवाहीका लागि सिफारिस गरेपनि मन्त्रालयमा मन्त्रीले ती कारवाही गर्नुपर्ने फाइललाई थन्क्याउने गरेको भन्दै चौतर्फी गुनाशो बढीरहेको छ । विगतमा पनि विभागबाट कारवाहीका लागि फाइल मन्त्रालय जाने, मन्त्रालयबाट कारवाहीको सट्टा फाइल थन्किने रोग देखिने गरेको थियो । वर्तमान मन्त्री शक्तिबहादुर बस्नेत आइसकेपछि यो क्रम झन बढीरहेको छ ।


विभागले पहुँचवाला निकायलाई केही पनि नगर्ने तर कमजोर पाउँदा कारवाही गरेको देखाउने किन गरिरहेको छ ? भन्ने जिज्ञासामा महानिर्देशक सापकोटाले त्यो कुरा सही नभएको दावी गर्नुभयो ।


नियम त पूर्वराजा ज्ञानेन्द्र शाहले सञ्चालन गरेको उद्योग होस् वा अर्बपति बिनोद चौधरीले सञ्चालन गरेको नर्भिक अस्पताल होस् । वातावरणीय पक्षलाई दृष्टिगत गरी निर्माण गर्नु पर्ने संरचना नबनाउँदा सबैलाई कारवाही हुनु पर्ने होइन र ? भनेर नेपालकथाले जिज्ञासा राख्दा महानिर्देशक सापकोटाले पूर्व राजा होस् वा बिनोद चौधरी, जो सुकै भएपनि नियम अनुसार काम नगर्ने जो कोहीलाई कानून अनुसार कारवाही गरिने महानिर्देशक सापकोटाले बताउनुभयो ।
उहाँसँगको थप कुराकानी (भिडियोमा)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here