लकडमाउनमा गोली हानी श्रीमतिको हत्या

काठमाडौँ । मुलुकमा लकडाउन चलिरहेका बेला सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरामा एक जना व्यक्तिले गोली हानी श्रीमतिको हत्या गरेका छन् ।

नेपाल प्रहरीका अनुसार बाजुरा जिल्लाको गौमूल गाउँपालिकाको वडा नम्वर ४ बस्ने गोरख रोकायाले आफ्नी श्रीमति सन्तु रोकायाको भरुवा बन्दुक हानेर हत्या गरेका छन् ।

गोरखले भैँसी गोठमा काम गरिरहेका बेला श्रीमतिलाई गोली हानेको प्रहरीले जनाएको छ । बुधवार हत्या गरिएपनि बिहीवारमात्र सन्तु मारिएको घटना सार्वजनिक भएको हो । हत्यामा संल्गन गोरख रोकायालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here