खुलेआम वन्यजन्तुको चोरीशिकार हुँदै

डोटी । डोटी जिल्लामा सरकारले संरक्षणका लागि विशेष कार्ययोजना ल्याउन नसक्दा यस जिल्लाका घना जंगलबाट खुलेआम रुपमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढीरहेको छ ।

वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन । जंगलको नजिक भएर बाटोघाटोमा आवत जावत गर्दा दिनदहाडै बन्दुक पड्केको आवाज आउने कुरा यहाँ सामान्य जस्तै भइसकेको छ ।

जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको गुनाशो छ ।
यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाइ छिमेकी तराईका जिल्लालगायत काठमाडौँसम्म पु¥याउने गरेको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी मानमोहन पनेरुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका होटेल तथा पसलमा जङ्गली जनावरको सुकुटी जताततै सहजै पाइन्छ र केहीले सुकुटी किनेर काठमाडौँसम्म पु¥याउने गरेका छन् ।”

वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउन थालेपछि महाभारत शृङ््खला अन्तर्गतका तेले लेक वनमा डिभिजन वन कार्यालय डोटीका कर्मचारी, स्थानीय पत्रकार, शिखर नगरपालिकाका प्रतिनिधि र राजनीतिकदलका नेता कार्यकर्ता अनुगमनका लागि पुगेका थिए ।
अनुगमनका क्रममा चोरी शिकारमा संलग्न तस्करले वन्यजन्तु मार्ने तरिका, मारेका वन्यजन्तुका हड्डी, छाला, चोरी शिकारमा संलग्नको बासस्थानलगायत प्रयोग गर्ने नाका र तस्करहरुले प्रयोग गरेका सामग्री फेला परेका थिए ।

डोटीका निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार अनुगमनका क्रममा जङ्गल क्षेत्रमा भैँसीपालन गर्दै आएका गोठाला र स्थानीय जनतासँग समेत छलफल गरिएको थियो । त्यसपछि चोरी शिकार नियन्त्रणका लागि स्थानीय तह र स्थानीयवासीसँग मिलेर एकीकृत रुपमा चोरी शिकार विरुद्धको अभियान सञ्चालन गरिने योजना भएको निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तस्करीका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । यहाँका स्थानीय तह र आम नागरिकको सहयोगमा यस विरुद्ध अभियानकै रुपमा जाने तयारीमा छौ ।” तस्करले चोरी शिकारका लागि महीनौंसम्म घरेलु हातहतियारसहित जङ्गलमा बास बस्ने र शिकार गर्ने गरेको पाइएको अनुगमनबाट फर्केका टोलीको भनाइ छ । जङ्गलमा शिकार गरिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलमा समेत बिक्री हुने गरेको छ ।

जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वन र माहाभारत शृङ्खलाअन्र्तगतका तेले लेक वनबाट बढी मात्रामा वन्यजन्तु चोरी शिकार हुने गरेको पाइएकोे छ ।
कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेले लेकको वनले समेटेको छ । जिल्लाको जोरायल गाउँपालिका–१ गैराकास्थित एक होटल व्यवसायीले तेले लेकमा मारिएका मृगको मासु सुकुटी बनाएर तराईका जिल्लालगायत काठमाडाँैसम्म लैजाने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जङ्गलबाट दैनिकजसो रतुवा, बँदेलको सुकुटी मासु बजारसम्म आउँछ र यहाँबाट काठमाडौँसम्म लैजाने गरिएको छ ।” चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको तेले लेक वनक्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकार नियन्त्रण अभियान शुरु गर्ने बताएको छ ।
डिभिजन कार्यालयसँग मिलेर चोरी शिकार नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकार निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका –१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तेले लेकमा हुने वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि हामी योजनाबद्ध तरिकाले अगाडि बढ्ने भएका छौँ, सबैको सहयोग भए चोरी शिकार नियन्त्रण हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here