अवैध हातहतियारको हब बन्दै नेपाल, २४२ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा २१४ थान बरामद गरिएको छ । उनीहरूको साथबाट ६८० राउण्ड गोली बरामद भएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवैध हातहतियार ओसारपसार गर्ने १६५ जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “ठूलो परिणाममा आधुनिक हतियार बरामद हुनु समाजको लागी राम्रो होईन र यसले हतिहारको हब त बन्दैछैन भन्नेमा पनि संकेत गर्छ तर समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी रहेका छन् ।

अवैध हातहतियार नियन्त्रण तथा कारोवारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here