केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल

बेझाड । पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो ।

वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी काम अगाडि बढाइने भएको साइड इञ्चार्ज अर्जुन गुरुङले बताउनुभयो ।

टुकीको भरमा जीवन बिताउँदै आएका यहाँका नागरिक विद्युत् लाइनको काम शुरु हुने भएपछि खुशी भएका छन् । निस्दीका केही स्थानमा स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजना सञ्चालन गरिए पनि पर्याप्त छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here