१५ तालिवान लडाकुको मृत्यु

काबुल । अफगानिस्तानको पूर्वीप्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।

विशेष फौजका तर्फबाट जारी वक्तव्यमा अफगान फौजले आइतबार बिहान वार्दाक र पाक्टीका प्रान्तमा गरेको कारबाहीमा १५ जना तालिबानी लडाकूको मृत्यु भएको जनाइएको छ ।

सुरक्षा कारबाहीमा मारिएका लडाकू विगतदेखि नै विभिन्न आपराधिक कार्यमा संलग्न रहेका र मारिएका एक लडाकू तालिबानका डिभिजनल कमान्डरसमेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा पछिल्ला केही महिनादेखि हिंसात्मक झडपका घटनामा व्यापक वृद्धि भएको छ । आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।

यसैबीच, उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाफौजसँगको भिडन्तमा तीन जना प्रहरी र सात जना तालिबान लडाकूकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here