बेदबहादुर खड्का
यस लेखको शिर्षक पढ्दैमा तपाईहरुमा एक प्रकारको उत्सकताु जाग्नु र अचम्म लाग्नु स्वभाविक नै हुन आउँछ होला । लेखमा उत्सुकततालाई मेटाउने जमर्को गर्दैछु । विगत २०५३ देखि २०६५ सालसम्म एक जोडी भैंसे गोहोरा चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रकोे परिसरमा हुर्केका थिए । त्यसपछि त्यस जोडी मध्यको एउटा हरायो भने अर्को अझसम्म बाँचेको छ । २०६६ साल देखि भने एक अर्को नयाँ जोडी भैसे गोहोरा त्यस केन्द्रमा थपिएका छन् ।
हालसम्म तीननवटा गोहोरा निरन्तर प्रजनन् केन्द्रको परिसरमा माछा खाएर हुर्की रहेका छन् । त्यति मात्र कहाँ हो र ? त्यस केन्द्रमा कछुवाहरु पनि हुर्की रहेका छन् । प्रजनन केन्द्रमा ३२ वटा सिमेन्टका पोखरीमा झण्डै ५०० भन्दा वढी घडियाल गोही पालन गरिएको भएता पनि तिनको आहारा भने गाउँबस्तीका माछापालक किसानबाट व्यवस्थापन मिलाइदै आएको छ ।
गोहीले माछा के कति खाए, खाएनन, त्यस्को सबै रेखदेख केन्द्रका घडियाल गोही हेरालुले गर्दछन् । पोखरीमा भएका गोहीको संख्याको आधारमा घडियाल गोही हेरालुले के कति माछा खुवाउनु पर्ने हो, होईन भन्ने कुराको एकिन निर्धारण गर्दछन । त्यही अनुसार माछा खुवाईन्छ । माछा खुवाउँदा जोखेर खुवाईन्छ । यहाँनिर भान्सा भनेको माछा जोखेर घडियाललाई वितरण गर्ने स्थानको रुपमा चित्रण गरिएको छ । गोहराको भाषा व्यवहार हामीले बुभ्mयौ र हाम्रो भाषा व्यवहार गोहराले बुझेर अक्कल–झुक्कल हामी कर्मचारीहरुको भान्सामा पनि प्रवेश गरेर गोहराले रमाईलो गरिदिन्छन् ।
त्यस केन्द््रमा गोहीलाई आहारा दिंदा गोहरालाई पनि दिने माछा बाहिर नै दिने गरिएको छ । घडियाललाई जस्तो गोहोरालाई बन्देजभित्र राखि पालन गरिएको हुदैन । गोहराहरु केन्द्रको वरीपरीको वनजङ्गलको खुला प्राकृतिक वातावरणमा आफै रमाएका छन । मन लागे आफै माछा खान आउँछन, नलागे आउँदैनन् । त्यो उनको मर्जीको विषय हुन्छ । गर्मी धेरै भयोभने तिनीहरु प्रजनन केन्द्रको वारमा टाँसिएर वा ढलेको धोद्रो रुखमा लुकेर बस्छन्, नभए त्यतिकै रुखको आडमा वा झाडीमा छलिएर पनि बस्छन तर जाडोयाममा भने मजाले घाम तापेर बस्छन ।
भान्सामा के कसरी प्रवेश गर्दछनु त गोहरा ?
भैंसे गोहोराहरु घडियाल गोहीको लागि माछा जोख्ने स्थान नजिकै झाडिमा छेल परेर बसेका हुन्छन । केन्द््रमा माछा आईपुगेपछि माछा जोख्ने स्थानमा भैंसे गोहोराहरु थाहा नै नदिईकन टुप्लुक्क आईपुग्छन् । गोहीको भागवाट यिनीहरुका लागि पनि माछा जोख्ने बेलामा छुट्ट्याएर दिनु पर्ने हुन्छ, नदिए झम्टेर भएपनि माझीसंँग माछा लिएर नै छाड्छन् । गोहरालाई माछा नदिएसम्म माझीको पिछा छाड्दैनन् । ज्यानजाला माझीको खुट्टामा लुटुपुटु गरेर छाड्नेवाला छैनन् र माछा दिए पछि मात्र आप्mनो बाटो लाग्छन् । माछा नदिदा गोहोराहरुको चुलबुले व्यवहारले एकछिन भने पनि प्रजनन् केन्द्रमा आउने पर्यटकलाई समेत भुलभुलया बनाई दिन्छन् ।
घडियाल पालन गरिएको पोखरीहरुमा दैनिक माछा हाल्नु पर्ने हुन्छ । गोहीले माछा खाएपछि पोखरीको पानी भने माछाको कारणले दुर्गन्धित हुन्छ । पोखरीबाट निस्किने माछाको कत्ला आदिको गन्धले प्रजनन केन्द्र भन्दा धेरै टाढाभने भैसे गोहोरो जाँदैनन् । केन्द्रमा पालन गरिएका घडियालको पोखरी हरेक दिन बिहान सरसफाई गर्दा पानी निकासको लागि राखिएको पाईपबाट गन्ध भएको फोहर पानी लगायत गोहीले नखाएका मरेका माछा पनि बाहिर निकासी हुन्छ । पर्खाल बाहिर निस्केको पाईपको मुखमाभने गोहराहरु ढुकेर बसी रहेका हुन्छन् र बाहिर खसेका माछा खान्छन् । आहारा पुगेपछि भने माछा जोख्ने ठाउँमा गोहराहरु जाँदैनन् ।
भैसी गोहोरो शुभ–अशुभ प्रतिक
भैंसे गोहोरोलाई अंग्रेजीमा बेङ्गाल मनिटर लिजार्ड र नेपालीमा भैसे गोहोरो भनिन्छ । छेपारो परिवारभित्र भैंसे गोहोरो पर्दछ । नेपालमा ४२ प्रजातिका रंङ्गीविरङ्गी छेपारा प्रजातिहरु पाईन्छन । मन अस्थिर भएको मानिसले घरी एउटा कुरो, घरी अर्को कुरा ग¥यो भने उसलाई जो कसैले सम्झाउनु प¥यो भने ‘छेपाराले रङ्ग फेरे जस्तो गरेर आप्mनो वोली नफेर, बोलीको पक्का बन’ भनेर सम्झाउँने गरिन्छ । यो उखान छेपारोबाटै आएको हो किनभने छेपाराहरु ऋतु फेरिएपिच्छे रंग फेरि रहन्छन् । पश्चिमा देशहरुमा भैसे गोहोरोलाई झट्ट देख्दा अशुभ साईतको रुपमा लिन्छन भने पूर्वको देश थाईलैन्डमा गोहोरो देख्दा शुभ साईतको प्रतिकको रुपमा धन वृद्धि गराउने प्रतिकको रुपमा लिने गरिन्छ भने कतिपयले यो देख्दा भाग्य चम्कनेमा विश्वास राख्दछन् ।
विषालुुपन
गोहोरो त हो नी ! केही गर्दैन भनेर नजिक जाने मानिसहरुलाई यिनिहरुले एक किसिमको विशेष खालको आवाज निकालेर÷ कराएर आप्mनो शरीर फुलाएर तर्साएर धपाउन खोज्दछ । खासै खतरनाक छैन भनेर गोहोरालाई हेपेर नजिक जानु पनि हुदैन र केही गर्दैन भनेर सर्तकता नअपनाउँदा गोहोरोले टोक्ने डर पनि हुनसक्छ । यदि गोहोरो पत्रिंmदा टोकी हाल्योभने अत्यन्तै दुःख्छ, पिडा हुन्छ तर यसको टोकाईुले मानिस मरीे हाल्दैन तर दुःख भने पाउँछ ।
खाद्य आहार सञ्जाल र स्वस्थ्य पर्यावरणमा गोहरा
गोहोराहरु विभिन्न प्रजातिका भए पनि मूख्यतया ठूला प्रजातिका भैसे गोहोराहरु जमिनमा बस्छन भने केही साना प्रजातिहरु भने रुखमा बस्छन् । रुखमा बस्ने गोहोराहरु गर्मी याममा दिन भरी रुखका टोड्का÷ धोद्रा भित्र बस्न मन पराउँछभने बिहान बेलुकाको कलिलो घाममा रुखको टोड्काकोे मुखमा आप्mनो शरीर निकालेर बसेको देखिन्छन् । जाँडो याममा भने सुकेको रुखको धोद्रामा वा हरियो रुखको कापमा वा बोक्रामा पनि पारिलो घाम जतातिर छ लागेको छ त्यतैतिर टाँसिएर दिन भरीनै बस्छन् । ढलापडा, बुढा, सुकेका, धोद्रा, टोडका भएका, मक्किएका वा हरिया खडा रुखहरु गोहोराहरुको मात्र नभै विभन्नि सुक्ष्म जीव देखि कमीला, किरा फट्यांग्रा, सर्प, बिच्छी, कछुवा लगायत प्रजातिको पनि अर्गानिक आहाराको श्रोत हो । गोहोराहरु आफु पनि माँसहारी जीव हुन् ।
यसले किरा फट्यांग्रा, गंगटा, सर्प र माछा खान्छ भने यसलाई पनि चिल प्रजातिले (माँसहारी) आप्mनो आहारा बनाउँछ । यो पंक्तिकारले निकुञ्जभित्रको सालको एउटा रुखमा बसेको गोहोरोलाई काकाकुल (चिल प्रजाति)ले पञ्जाले च्यापेर उडाएर अर्को रुखमा लगेर खाएको देख्ने अवसर पाएकोे थियो ।
भंैसे गोहोराले प्रकृतिमा किरा फट्यांग्रा खाएर किराको प्रकोपलाई पनि न्यूनिकरण गरी वातावरणिय सन्तुलन मिलाउनमा सहयोग पु¥याउँछ तर गोहरा एक्लैले यो काममा सहयोग पु¥याउँछ भन्ने चाहि होइन । यसमा इकोष्टिमका अन्य यन्त्रकारहरुको त्यतिकै ठूलो भूमिका रहन्छ । तर गोहोराहरुले किरा, कमिला खाने क्रममा उनीहरुका गुँड, संरचनाहरु भत्काउनेहुँदा अन्य जीवजन्तुलाई सजिलै आहारा पु¥याई दिन्छ र स्वस्थ्य, स्वच्छ पर्यावरणको जग बलियो भईरहन्छ । फलस्वरुप स्वच्छ वातावरण सिर्जना भई मानिसलाई भरपुर फाईदा पुग्दछ । मानवले यतिमात्र फाईदा लिएको कहाँ हो र ? प्रकृतिले धेरै चिज मानवलाई दिएको छ । प्रकृतिले प्राकृतिक क्रिडास्थलमा रमाउनेलाई प्राकृतिक वातावरणको अवसर मिलाई दिएको छ तर त्यसमा रमाउन सक्नु, नसक्नु उसको कुरा हो ।
कोईली र न्याउलीले पाखा पखेरु नै थर्कने गरी निरन्तर गाउने विरक्त रोदन भाका, भ्mयांउकिरीको र्याउंँ र्याउँ, भ्यागुताहरुको ट्यार ट्यार आवाज र जुनकिरीको टिप टिप उज्यालो कस्लार्ई मन्त्रमुग्ध पार्दैन होला र ? कमिलाको मेलमिलापको ताँतीले काम÷मेलापातको एकताको सन्देश के मानवलाई प्रवाह गर्दैन होला र ? प्रकृतिमा चराचुरुङ्गीले उडिरहेका किटपतङ्गलाई हावामा आप्mनो फुर्के नचाईबाटै अट्ठ््याउँने कला, लाहाँचेले टर्वार्रर्रर्र….गरेर मान्छेले तमाखु तानेको जस्तोे आवाज निकालेर, मधुवा (मौरीका चाका खाने) शिकारी चराले वन भिरपाखामा मौरीको घारमा गर्नेे हनी हन्टिङ्ग र बाजले आकासमा उड्ने अन्य चराहरुलाई झम्टदाका दृश्यहरु हेरुं हेरुं लाग्ने हुन्छ ।
फूलको डाँठ नहल्लाई मसिना चरा, भमरा र मौरीले परागसेंचन गर्दा रस चुसेर भ्याई न भ्याई गरेको अथक मिहिनेतको भावको मज्जा र माटीकोरेले खोला पोखरीमा माछा देख्ने बित्तिकै पानीमा तिर÷भाला हाने जस्तै वेग हानेर ठाडै डुबुल्की मारी ठुँडले अट्ठ्याएको माछा, त्यस्तै प्रकृतिमा गोव्रे किराकोे जुँधाईजस्ता अनेकन खेलहरुको कला हेरेर आनन्द लिने मानिसहरुको जमात पनि कम छैन । बाघले मात्र आनन्द दिन्छ भन्ने भ्रम त्यागौ । यस्तै वन्यजन्तुहरु किटपतङ्ग भूवनोट र हावापानीको सेरोफेरोमा नेपालको पर्यटन व्यवसाय रमेको छ ।
यहाँनिर बिर्सनै नहुने कुरा के छ भने इकोष्टिमको अभिन्न अंगभित्र रहेको तर हाम्रो प्रथमिकतामा कहिल्यै नपरेको केवल मरेका वन्यजन्तुको लाशमा औंसा पारेर÷किरा फलाएर छिटो कुहाउने हरिया भिंmगालाई पनि संरक्षण गर्नु पर्ने कुरा आज आएर विश्व समुदायमा उठ्न थालि सकेको अवस्थामा नेपालमा भने यी माथि उल्लेखित वन्य जीवजन्तुको अर्गानिक शुक्ष्म बासस्थान (घर)लाई विकासको बाहनामा भत्काउन खोजिदै छ । विकास आवश्यक छ तर संरक्षण अनिवार्य छ भन्ने हेक्का सबैमा हुनु अत्यन्तै जरुरी भइसक्यो । सुखा ढलापडा रुखहरु निकुञ्जबाट निकाल्नु पर्छ भन्ने अभिव्यक्ति यही २०८० सालको जेठ महिनामा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना भएको वन्यजन्तु चोरी नियन्त्रण सम्बन्धी कार्यक्रमको भाषणमा नीति निर्माता तहबाट आएको छ भन्ने विभिन्न मिडियाहरुमा चर्चा परिचर्चा भएको पाईन्छ ।
यो कतिको औचित्यपूर्ण छ, सबैले बुभ्mन जरुरी छ ? शुक्ष्म जीवहरुको अवस्था कसले सुन्ने होला ? आप्mनैमात्र भलो सोच्ने हे मानव तिमीले अब सिराहा र सप्तरी जिल्लाको जस्तो रुखो र खुईलिएको चुरे नै ठीक छ भनेर बस्ने कि, चितवन र र्बिर्दया जिल्लाको जस्तो हराभरा चुरे रोजेर बस्ने ? तर नीति निर्माताहरुको बोली र व्यवहारले त सिराहा सप्तरीको जस्तो चुरे रोज्न खोजेको हो कि भन्ने झल्को आईरहेको छ । सिराहा र सप्तरीको खुईलिएको चुरेलाई चितवन र र्बिर्दयाको जस्तो चुरे बनाउन पहल हुनु पर्ने होइन र ? हाम्रा अग्रजले घरबाट जहाँ जता जाँदा पनि मिनरल वाटरका बोतल वोक्ने गरेका त थिएनन् तर अहिलेभने आप्mनै क्रियाकलापको कारणले हामी सबैले पानीका बोतलहरु बोक्दै हिँडनु परेको छ । तर अव तिमीले अभैm पनि आप्mनो व्यवहार सुधारेनौ भने भोलिका दिनमा भावी पिढीलाई घाँटीमा अक्सिजन झुण्डाएर हिड्ने अवस्था बनाउने छौ । उनीहरुले तिमीलाई त्यसवेला सराप्नु बाहेक अर्को विकल्प केही रहेने वाला छैन । समयमै सच्चिनुको विकल्प छैन । यस्तो बोली र व्यवहारले आफ्नो घुँडामा आफै बन्चरो हानिएको हुनेछ ।
(सबै तस्विर लेखक )
लेखक खड्का वन्यजन्तु विज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन् ।