पेरुको भूकम्पमा ठूलो क्षति

लिमा । पेरुको उत्तरी क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का प्रमुख रिकार्डो सेजासकाअनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो ।

जियोफिजिक्स इन्स्टिच्यूट पेरु (आइजीपी)का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समयअनुसार आइतबार बिहान ०२ बजेर ४१ मिनेटमा गएको थियो । निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, तीन वटा विद्यालय र छ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा अनुभव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here