गण्डकीकी चेली अमेरिकी सैनिकको उच्च ओहदामा

काठमाडौं । नेपालकी एक चेली अमेरिकी सैनिकमा उच्च ओहदामा पुगेकी छिन। ति नेपाली चेली हुन् अस्मिता गुरुङ। स्याङ्जा मा जन्मिएकी ति नेपाली चेलीले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।

सेकेण्ड लेफ्टिनेन्ट अस्मिता गुरुङ गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी थिइन । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी अस्मिता वि.सं. २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी थिइन। अस्मिता गुरुङले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरेको थिइन भने उनले ं २ सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट गरेकी थिइन। त्यसपछि उनि अमेरिका गएकी थिइन् ।

अस्मिता अध्ययनको शिलशिलामा अमेरिकाको टेक्सास राज्यमा ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरेकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ लिएकी हुन् । अस्मिताको बाजे स्व। मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन् । बुबा आइबहादुर अवकासप्राप्त भारतीय सेना हुन् । अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता जाहेर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here