पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काका अनुसार शनिबार रातिनै बैद्यनाथ खोला आसपास हुँदै कटारीको यारी खोलामा मिसिने स्थानका गाउँका स्थानीयवासीलाई सतर्क गराएर अन्यत्र सारिएको कारण अहिले सो गाउँ खाली भएका कारण बैद्यनाथ खोला फुट्दा मानवीय क्षति नभएको हो ।

बैद्यनाथ खोला पहिरोले थुनिएपछि नेपाली सेनाको एक टोली विष्फोटक पदार्थ लिएर सो क्षेत्रमा नदी खोल्न पुगेपनि सेनाले उक्त नदी फुटाउन नपरिकन नदी आफै फुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here