चाउचाउ, बिस्कुट खान प्रतिबन्ध, खानेलाई रु १० जरिवाना

डडेल्धुरा । डडेल्धुराको एक विद्यालयले पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेका छन् ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेको छ ।

दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खान प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताउनुभयो विद्यार्थीले विद्यालय परिसरमा खान रोक लगाएपछि छात्रछात्रा पत्रु खान कमी आएको प्राचार्य साहुले बताउनुभयो । अहिलेसम्म २०० विद्यार्थीलाई जरिवाना गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पहिले/पहिले त नियन्त्रणमा ल्याउन समस्या आयो तर आजभोलि विद्यालय समयमा जङ्गफुड खाने पूर्णरुपमा कमी आउँदै गरेको शुरुमा त साह्रै समस्या देखिएको तर अहिले पत्रु पटकै छोडिएको अवस्था देखिएको कक्षा १० अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here