हिमताल बन्ने क्रमसँगै हिमपहिरोको जोखिम बढ्दै

काठमाडौँ । उच्च हिमाली क्षेत्र भएको मुलुक नेपालमा पछिल्ला दिनमा विश्वमा बढ्दो उच्च तापमानले नयाँ नयाँ हिमताल बन्ने र हिमपहिरो बग्ने जोखिमका घटनामा वृद्धि भइरहेका छन् । जसले गर्दा नेपालको हिमाली अर्थतन्त्र झन जोखिममा पर्न थालेको छ ।


नयाँ हिमताल फुट्ने र हिमपहिरो बग्ने लगायतका प्राकृतिक विपत्ले नेपालमा पछिल्ला दिनमा धनजनको क्षति हुने क्रममा वृद्धि भइरहेको छ ।

सन् २०१२ मा मनास्लु पिकमा गएको हिमपहिरोमा परी एकै पटक नौ जनाको ज्यान गएको थियो । त्यसको अर्काे वर्ष सगरमाथामा आठ जनाले ज्यान गुमाए ।

सोलुखुम्बुको दिङबोचेबाट उकालो लाग्दै पर्यटक । सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आइपुगेका स्वदेशी तथा विदेशी पर्यंटकहरु ४४१० मिटरको उचाइ दिङबोचेबाट लोबुचेतर्फ उक्लिँदै ।सुवास दर्नाल / रासस

सन् १९२२ देखि २०२० सम्मका बिभिन्न अध्ययन अनुसार हिमपहिरोका कारणले तीन सय ७२ जनाले ज्यान गइसकेको छ । यसैगरी सन् २०२० पछि हिमपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा पदयात्रा जाने पर्यटकहरु यस्ता घटनामा बढीजसो पर्ने गरेका छन् ।

पछिल्लो एक अध्ययन अनुसार एक सय वर्षयता साना ठूला गरी एक सय भन्दा ढी हिमपहिरोका घटनामा परी मानवीय क्षति हुन पुगेको छ । तर हिमपहिरो के कति ग एभन्ने तथ्याङ्क भने हालसम्म छैन । हिमपहिरो सम्बन्धी अनुसन्धानकर्ता सुदीप ठकुरीका अनुसार यो क्रम पछिल्ला दिनमा अझ बढ्ने देखिएको छ । जसका कारणले उच्च हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित हुने देखिएको छ भने त्यसको प्रत्यक्ष प्रभाव तल्लो तटीय क्षेत्रमा पनि पर्ने देखिन्छ ।


पछिल्लो अवधिमा ज्यान गुमाएका तीन सय ७२ मध्ये तीन सय २४ जना सगरमाथा आसपास क्षेत्रका भएका घटनामा परेर ज्यान गुमाएका छन् । अरु हिमश्रृखला क्षेत्रमा पनि यस्ता कयौँ घटना भएका हुन सक्छन् तर ती घटना अध्ययनको विषयमा अझै बन्न सकेका छैनन् ।


बितेको दशकमा औसतमा वार्षिक ३०–४० वटा घटना भएका गृह मन्त्रालय विपद् पोर्टलको तथ्याङ्कमा उल्लेख गरिएको छ । हरेक वर्ष कम्तिमा ती घटनामा परी २० देखि ४० जनाको ज्यान गइरहेको छ । यसरी ज्यान गुमाउनेमा बढीजसो स्थानीय बासिन्दा, पर्यटक, भरिया रहेका छन् ।

बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बगाएको सडकखण्ड । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा बाढीले ठुलो क्षति गरेको छ । । तस्बिर : पेमा लामा/ रासस

क्षतिको हिसावले हेर्दा हिमपहिरोले ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ । सन् २०१२ मा मनास्लु पिकमा गएको हिमपहिरोमा परी एकै पटक नौ जनाको ज्यान गएको थियो । त्यसको अर्काे वर्ष सगरमाथामा आठ जनाले ज्यान गुमाए । २०१४ मा मनाङ र मुस्ताङका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी ५० जनाको ज्यान गएको थियो ।

बाढीले बगर बनाएको खेत काभ्रेपलाञ्चोक, १८ असोजः रोशी खोलामा शनिबार आएको बाढीले बगाएर बगरमा परिणत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित कटुञ्जे फाँट । तल्लो फाँट र माथिल्लो फाँटमा करिब तीन सय रोपनी खेत बगाएको स्थानीय बताउँछन् । बाढीले सोही फाँट नजिक विपी राजमार्गअन्तर्गत चौकीडाँडामा दुई सय मिटर सडक बगाएको थियो । तस्बिरः राजकुमार पराजुली÷रासस


सन् २०१५ मा सगरमाथाको आधार शिविरमा २३ जनाको ज्यान गयो । सन् २०१८ मा धवलागिरि हिमालमा गएको हिमपहिरोमा परी नौ जनाको ज्यान गयो । सन् २०१० मा अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरोमा परी आठ जनाको ज्यान गएको थियो ।


विशेष गरी नेपालको सगरमाथा, अन्नपूर्ण, लाङटाङ र कञ्चनजङ्घा क्षेत्र जस्ता उच्च हिमाली क्षेत्रहरूमा हिमपहिरोको जोखिम सबैभन्दा बढी हुने गरेको छ । यी क्षेत्रहरूमा तीव्र भिरालो पहाड, भारी हिमपात र जलवायु परिवर्तनको प्रभाव जस्ता कारणहरूले गर्दा हिमपहिरोको बढी जोखिम र सम्भावना रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here