काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अन्तर्गतका वन कार्यालयका कर्मचारीले जडीबुटी चोरी निकासी तथा पैठारी गर्ने गरेको भन्ने भनाई प्रति नेपाल वन प्राविधिक संघ कर्णाली प्रदेशले आपत्ती जनाएको छ ।
मुख्य मन्त्री कँडेलले केही दिन अघि सुर्खेतमा आयोजित सामुदायिक वन महासंघको एक कार्यक्रममा वन कर्मचारीको मिलेमतोमा कर्णाली प्रदेशका जडीबुटीको चोरी निकासी तथा पैठारी हुने गरेको र सरकारको राजस्व पनि गुम्ने गरेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति प्रति आपत्ती जनाउँदै एनएफए कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर परियारद्धारा हस्ताक्षरित विज्ञप्तिमा मुख्यमन्त्री कँडेललको अभिव्यक्ति सम्पूर्ण वन संगठनको अपमान हुने गरि आएको उल्लेख गरिएको छ ।
कही गलत भएको भए आफू मातहत निकायका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन पनि एनएफएले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई आग्रह गरेको छ । वन, वातावरण संरक्षणमा रातदिन अहोरात्र खटिने वन कर्मचारीको मानमर्दन हुने गरी दिइएको अभिव्यक्ति फिर्ता लिन र आगामी दिनमा यस्ता हचुवाका भरमा अभिव्यक्ति नदिन पनि विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
विज्ञप्ति
