काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत कोरोना भाइरस ९कोभिड १९० विरुद्धको स्वास्थ्य सामग्री लिएर सेनाको स्काइ ट्रकमा सुर्खेत पुगेका छन् ।
सुर्खेत घर भएका मन्त्री रावतले कर्णाली प्रदेशका लागि सरकारले छुट्याएको सामग्री लिएर सुर्खेत पुगेका हुन् ।
मन्त्री रावतले सुर्खेतमा कोरोना भाइरसका बिरुद्ध प्रदेश सरकारले गरेको क्रियाकलापको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । शनिवार छिमेकी मुलुक चीनबाट प्राप्त सामग्रीलाई हरेक प्रदेशमा वितरण गर्ने सरकारले निर्णय गरेको छ ।