काठमाडौँ । एउटा मुलुक मात्र होइन, सारा संसारको मानव जातिको सभ्यता, विकास, प्रगति माथि नै कोरोना भाइरसले चुनौती खडा गरेर संसार बन्द कोठामा सिमित भइरहेका बेला नेपालका काठ व्यवसायीहरुले जंगलबाट काठ कटान, मुछान र बिक्री वितरण गर्नु पाउनु पर्ने माग राखेका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले सात वटै प्रदेशका वन मन्त्रालय र संघीय वन तथा वातावरण मन्त्रालयलाई सम्बोधन गरी सबै निकायको एकै पटक ध्यानाकर्षण गराएका छन् ।

अरु जे सुकै भएपनि आफ्नो व्यापार व्यवसाय चल्न पाउनु पर्ने एकशुत्रीय माग अगाडि सार्दै सबै वन मन्त्रीलाई अनुरोध पत्र महासंघले हालेको छ । त्यसको बोद्धार्थ सबै मन्त्रालयका सचिवसम्म पुग्ने भाषा समेत व्यक्त गरिएको छ ।
अनुरोध पत्रमा महासंघले भनेको छ, लकडाउनका बेला पनि काठ दाउरा संकलन तथा निकाल्न आवश्यक छपान देखि घागगद्धी व्यवस्थापन सम्मका सबै क्रियाकलापहरु लकडाउनको मर्म र भावनालाई पूर्ण अवलम्बन हुने गरी काम गर्ने व्यवस्था मिलाइदिन हुन र सो अवधि थप गर्न डिभिजनल वन अधिकृतलाई अधिकारको अख्तियारी दिन अनुरोध छ ।