काठमाडौँ । अमेरिकाले औपचरिक रुपमा अमेरिकामा बस्ने मिल्ने अनुमति (ग्रिनकार्ड) को प्रावधानलाई बन्द गरेको छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकाले दुई महिनाका लागि यस्तो प्रावधानलाई बन्द गरेको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले यसको अनौपचारिक घोषणा केही दिन अघि गरेको भएपनि यसलाई औपचारिकता दिइसकेको सिएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्प आप्रबासीहरुलाई भन्दा अमेरिकाका आदिबासीको एजेण्डामा रमाउने व्यक्तिको रुपमा चिनिन्छन् । कोरोनाका संक्रमण पछिका प्रायः जसो सबै भाषण तथा पत्रकार सम्मेलनमा आप्रवासी भन्दा अमेरिकी जनताको रोजगारीको चिन्ता व्यक्त गर्दै आएका छन् ।