काठमाडौ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा दलित महिला संघमा सामाजिक कार्यकर्ताका रुपबाट सामाजिक रुपान्तरणमा अभियानमा उदायकी आशा विक वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छन् ।
स्नातक सम्मको अध्ययन पुरा गरेकी विक हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि रहेकी छन् ।
संविधानसभाबाट संविधान बनेपछि भएको निर्वाचनमा समानूपातिकबाट संघीय संसदमा प्रवेश गरेकी विकको माइती घर बुटवल हो भने हालको घर बझाङ जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्वर १ पिमी गाउँमा हो ।
नेकपा एमाले जिल्ला कार्यसतिति बझाङको सदस्य भएर काम गरेकी बिकले महिला अधिकार, महिला हिँसा विरुद्धको अभियानमा सहभागिता जनाउँदै आएकी छन् ।


























