गैँडा तस्कर फन्दामा

चितवन । चार वटा गैँडा मार्ने घटनामा प्रत्यक्ष संलग्न रहेको एक व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यसै आर्थिक वर्षमा चार वटा गैँडा तस्करीमा संलग्न भएको आरोपमा नवलपरासी जिल्लाको गैँडाकोट वडा नम्वर ३ ढोडेनी बस्ने मिनबहादुर गुरुङ भन्ने खड्गबहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

निकुञ्जका अनुसार चोरी शिकार नियन्त्रण एकाईको विशेष टोली, नेपाली सेना, गैँडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

निज गुरुङ निकुन्जको आइल्याण्ड क्षेत्रमा मिति २०७७ भद्र १६ र १८ गते भएका गैडाको सिकारीमा हतियार उपलब्ध गराउने र आफै शूट समेत गर्ने शुटर तस्कर भएको निकुञ्जले जनाएको छ ।

निजको साथबाट बन्दुकमा प्रयोग हुने बारुद पोका थान १२, बन्दुक को बेयारिंग थान १५, भरुवा बन्दुक बनाउन प्रयोग हुने रड समेत बरामद गरिएको छ ।

निज गुरुङ बिरुद्द जिल्ला अदालत नवलपुरमा २ वटा र जिल्ला अदालत चितवनमा १ वटा गरि गैडा मार्ने र खाग तस्करीको अभियोगमा ३ मुद्दा दायर छन् र निज फरार रहदै आयका थिए Ι निज लगातार गैडा चोरी सिकारका लागि ६ पटकसम्म निकुन्ज प्रवेश गरेको पाइएको र निजले कम्तिमा ४ वटा गैडा मारेको बुझिन आएको छ Ι

यस आर्थिक वर्ष २०७७/७८ मा यो संगै गैडा मुद्दामा २६ जना पक्राउ परेका छन र सो मध्ये २२ जना हालसालैका घटनाका र ४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् Ι

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here