काठमाडौँ । बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्य (केपी आचार्य) लाई सचिवमा बढुवा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस अघि बढुवा समितिबाट सिफारिस भएका बरिष्ठ सहसचिव डा. आचार्यलाई सचिवमा बढुवा गरेको हो । समितिको सिफारिसमा डा. आचार्य पहिलो नम्बरमा थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा  बसेको बढुवा सिफारिस समितिले डा. आचार्य सहित कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिव निरु दाहाल पाण्डे र  
 डा. दीपक कुमार खरालको  नाम सिफारिस गरेको थियो ।
 
			 
		




