डा. केपी आचार्य सचिवमा बढुवा

काठमाडौँ । बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्य (केपी आचार्य) लाई सचिवमा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस अघि बढुवा समितिबाट सिफारिस भएका बरिष्ठ सहसचिव डा. आचार्यलाई सचिवमा बढुवा गरेको हो । समितिको सिफारिसमा डा. आचार्य पहिलो नम्बरमा थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डा. आचार्य सहित कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिव निरु दाहाल पाण्डे र
डा. दीपक कुमार खरालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here