बाघ गणनाका प्राविधिक दिक्षित भएर जंगल पसे

सौराहा, चितवन । बाघ गणना २०२२ का लागि पर्सा चितवन कम्पलेक्समा खटिने प्राविधिकहरू शनिवार अन्तिम प्रशिक्षणमा सहभागि भएर फिल्डमा हिडेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट बेदकुमार ढकालका अनुसार यो कम्पलेक्समा खटिने १२० जना प्राविधिकलाई बाघ गणनाको विषयमा प्रशिक्षण गराइएको छ ।

प्रशिक्षणमा दिक्षित भएका प्राविधिकहरु शनिवार आआफ्नो तोकिएको फिल्डमा हिडेका छन् । प्रशिक्षण विभागका इकोलोजिष्ट बेदकुमार ढकाल, एनटीएनसीका डा. नरेश सुवेदी, डा.बाबुराम लामिछाने, डब्लुडब्लुएफका डा. कञ्चन थापा, जेडएसएलका डा. भगवान दाहाल लगायतले दिएका छन् ।

विभागका सहायक इकोलोजिष्ट हेमराज आचार्यले शनिवार नेपालकथासँग भने, आज अन्तिम प्रशिक्षणमा सहभागिता जनाएर सबै टोलीहरु फिल्डतिर हिडिसकेका छन् ।

पर्सा चितवन कम्पलेक्समा बाघ गणनाका लागि १३ वटा प्राविधिक टोली खटाइएको छ । आइतवार बिहान वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले गणनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले बाघ गणनाका कार्यलाई महत्वपूर्ण राष्ट्रिय कार्यक्रमका रूपमा लिएको छ । सरकारको यस काममा संरक्षण साझेदार संस्थाहरु डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसीले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here