चीनसँग आठ वटा नाका खोलिने

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनसँग भौगोलिक दृष्टिले सहज मानिएका आठ वटा नाका खोल्ने तयारीमा सरकार रहेको छ ।
पूर्वको ओलाङचोङगोलादेखि पश्चिमको साइपाल नाकासम्म गरी आठ वटा खोल्ने तयारीका साथ सरकारले सडक निर्माणलाई तिब्रता दिइरहेको छ । दैनिक उपभोग्य सामाग्रीहरु बढी जसो भारतको बाटो भएर आउने र लत्ता कपडा, इलेक्ट्रिक तथा अन्य रेडिमेड सामानहरु चीनको बाटो भएर नेपाल आउने भएकाले भारतको जस्तै चिनसँग पनि व्यापार विस्तार गर्न थप नाकालाई व्यवस्थित गर्ने योजनामा रहेको कुरा संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ ।


हाल चीनसँग कारोवारका लागि निर्माण हुन थालेको नाकाका सडक डबल लेनको बनाउन सरकारले त्यही अनुरुपको डिजाइन र लागत बनाएको छ । यस अघि बनेका एक लेनका सडकका कारणले यात्रु तथा मालवाहक गाडीलाई निकै सास्ती भएकाले अब बन्ने सडकहरु डबल लेनको बनाउन थालिएको हो ।


चीनसँग आठ वटा नाका खुला गर्दा भारतसँगको व्यापार निर्भरता कम हुने आँकलन गरिएको छ । गत तीन वर्ष पहिले भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको कारणले चिनसँगको सम्बन्ध थप विस्तार गर्नु पर्नेमा नेपालका चौतर्फी आवाज उठिरहेको छ । फलस्वरुप नेपालले चीनसँगको नाकालाई थप व्यवस्थित र सञ्चालन गर्ने योजना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here