चित्तल मार्ने तीन जना व्यक्ति मासु सहित पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरी चित्तल मारेर मासु काट्दै गरेको अवस्थमा तीन जना पक्राउ परेका छन् ।

निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं २ बस्ने बल्लुराम थारु, लालबहादुर चौधरी र राजाराम थारुको समुहलाई चित्तलको मासु काट्दै गरेको अवस्थामा पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here