यस्ता छन् मन्त्री परिषदले गरेको २१ वटा निर्णय

काठमाडौँ । सरकारले चैत ४ गते सोमवार गरेको मन्त्रीपरिषदको निर्णय बिहीवार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषदले गरेको निर्णय यस प्रकार रहेका छन् ।
यी हुन् मन्त्रिपरिषदका निर्णयहरू

१. नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी लगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
२. जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
३. प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
४. कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरूका लागि १९ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
५. भारतीय सरकारी कम्पनी Konkan Railways Corporation Limited मार्फत दुई सेट DEMU Train रू. ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ (कररहित) मूल्यमा जि–टु–जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिइएको छ ।
६. राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत गरिएको छ ।
७. सोलु कोरिडोर १३२ के।भी। प्रशारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।
८. नेपाल सरकार र जापान सरकारबीच Memorandum of Cooperation मा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरिएको छ ।
९. गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय, गोरखा, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय, नुवाकोट, मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई संघ अन्तर्गत राख्ने निर्णय गरिएको छ । त्यस्तै पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
१०. सूचना प्रविधि पार्कको जग्गा तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
११. चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री केशव भट्टराईलाई मनोनयन गरिएको छ ।
१२. स्वास्थ्य बिमा नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
१३. चिकित्सकीय कानुनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
१४. पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
१५. एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने बारेको सुचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिइएको छ ।
१६. औद्योगिक व्यवसाय नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
१७. कर्जा सुरक्षण (पहिलो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
१८. नेपाल पत्रकार महासंघ (चौथो संशोधन) विधान, २०७३ स्वीकृत गरिएको छ ।
१९. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
२०. औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
२१. विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here