काठमाडौँ । प्रदेश ५ ले प्रदेश विकास परिषदको गठन गरेको छ । प्रदेश सरकारका मूख्य मन्त्री शंकर पोखरेलको संयोकत्वमा प्रदेशका सबै मन्त्री रहने गरी परिषद गठन गरिएको हो ।
प्रदेश मन्त्रीपरिषदको बैठकले परिषदमा प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सभा विषयतग समितिका सभापति, प्रदेश मन्त्रालयका सचिव, जिल्ला समन्वय समितिका संयोजक तथा समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति र स्थानीय तहका १५ जना प्रमुख र उपप्रमुख परिषदका सदस्य रहने निर्णय गरिएको छ ।