हिमाल, पदमार्गको हुलाक टिकट प्रकाशन

काठमाडौँ । सरकारले प्राकृतिक सम्पदाहरु समेटिएका ३१ वटा हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ती हुलाक टिकटमा बुधवार टाँचा लगाएको छ । घान्द्रुक होमस्टे गाउँ र नेपालमा मात्र पाइने काँडे भ्याकुर पंक्षीको हुलाक टिकट सार्वजनिक गरिएको छ ।

आठ हजार मिटरभन्दा बढी उचाईमा रहेका नेपालका आठ वटा हिमालको हुलाक टिकटमा समेटिएका छन् ।

संसारका आठ हजार मिटर भन्दा बढी उचाई भएका १४ वटा हिमाल मध्ये नेपालमा आठ वटा हिमालहरु सगरमाथा, कञ्चनजङ्गा, लोत्से, मकालु, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण हिमालको हुलाक टिकट गरिएको छ । यी टिकट १० रुपियाँ मूल्य रहेको छ ।

त्यसैगरी संसारकै उत्कृष्ट चार वटा पदमार्गलाई पनि हुलाक टिकटमा समेटिएको छ । सगरमाथा बेश क्याम्पसम्मको पदमार्ग, अन्नपूर्ण बेश क्याम्पसम्मको पदमार्ग, मनास्लु पदमार्ग र मर्दी हिमाल पदमार्गको हुलाक टिकट बनाइएको छ । ती टिककको मूल्य २० रुपियाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here