काठमाडौँ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी ठिक नभएका बताएका छन् ।
बिहीबार बिहान नेपालकथासँग मन्त्री यादवले भने, चुरे संरक्षण विकास समितिका पदाधिकारीको कामहरु पनि ठिकै छैनन् । ती मान्छे नै ठिक छैनन् ।
कोरोनाको त्रास बढीरहेको बेला वन तथा वातावरण मन्त्रालयका काम कारवाही शिथिल भएको बताएका उनले चुरेका पदाधिकारीको स्पष्टीकरण किन र के का लागि सोधिएको हो ? भन्ने जिज्ञासामा भने, त्यतातिर कुरा नगरौँ । त्यताको अवस्था खासै ठिक छैन ।
निकै दिनसम्म मन्त्रीपरिषदको बैठक बस्न नसकेको र आफू पनि काम परेमात्र सिंहदरबार मन्त्रालय जाने गरेको उनले बताए ।
यस अघि मन्त्रीको निर्देशनमा राष्ट्रपति चुरेका पदाधिकारीलाई दुई पटक स्पष्टीकरण सोधिसकेका यादवले पदाधिकारीलाई बोलाएर राजीनामा मागेको बताइएको छ ।