काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई पाँच दिने स्पष्टीकरण पेश गर्न बिहीबार गोरखापत्रमा सूचना निकालेको छ ।
तपाईलाई किन नहटाउने ? नहटाउनु पर्ने कुनै कारण भए पाँच दिनभित्र सफाई पेश गर्न पनि सूचनामा भनिएको छ ।
यस अघि मन्त्रीको निर्देशनमा राष्ट्रपति चुरेका पदाधिकारीलाई दुई पटक स्पष्टीकरण सोधिसकेको छ । बुधबार पुनः तेस्रो पटक स्पष्टीकरण सोधिएको थियो । समितिका अध्यक्ष डा. किरण पौडेल कोरोना पोजिटिभ भएर आइसोलेसनमा बसेका बेला खुलमटारस्थित कार्यालयमा स्पष्टीकरणको चिठ्ठी पठाइएको थियो ।
अध्यक्ष पौडेलले कोभिड भएको बेला चिठ्ठी बुझ्न नसक्ने बताएपछि बिहीबार नै गोरखापत्रमा सूचना प्रकाशित भएको छ ।
