गैँडा मार्ने ठेकेदारलाई पक्राउ गर्नु गलत : महासंघ

काठमाडौँ । निर्माण व्यवसायी महासंघले चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा पक्राउ पूर्जी जारी गर्नु गलत भएको बताएको छ ।

बरण्डाभार क्षेत्रको सडक विस्तारका क्रममा गत आइतवार नालीको खाडलमा परेर एकसिँगे गैँडा मरेको घटनामा ठेकेदार दोषी भएको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेब खड्कालाई पक्राउ पुर्जी जारी गरेपछि महासंघले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।

निकुञ्जले घटनाको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोक्दै सो निर्माण कम्पनीका सञ्चालक सहदेब खड्कालाई पक्राउ पूर्जी जारी गरेको छ ।

महासंघले भनेको छ, सुरक्षाका सबै काम गरेर मात्र निर्माण व्यवसायीले काम गरेको थियो । गैँडा खाडलमा आएर पसेपछि ठेकेदारको के दोष ?

तर ठेकेदारले काम सुरु गरेको सबै ठाउँ र गैँडाको घटनास्थलमा भने हप्तौदिन देखि खाल्डो नपुरेरै राखेको थियो भने रातीको समयमा सो क्षेत्रमा धेरै सवारी साधन पनि दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here