फेरी बाघ मारियो

काठमाडौँ । बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यका साथ बाघ गणना भइरहेका बेला पश्चिम नवलपरासीको बर्दघाटमा एउटा पाटे बाघ गोली हानेर मारिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित दाउन्नेदेबी सामुदायिक वनभित्र बयस्क पोथी बाघ गोली लागेर मरेको अवस्थामा फेला परेका छ ।

डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शङ्करप्रसाद गुप्ताका अनुसार सामुदायिक वनमा घाँस दाउरा काट्न गएका स्थानीय उपभोक्ताहरुले खबर गरेका थिए ।
गुप्ताका अनुसार बाघको घाँटीमा पासो समेत लगाएको छ । शरिरका विभिन्न ठाउँमा गोली लागेको घाउ छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here