फेरी गैँडा मरे चितवनमा

कसरा । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मरेको अबस्थामा फेला परेका छन् ।


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै पोथी र बच्चा गैंडा मरेको अबस्थामा फेलाा परेका छन् ।

तिवारीका अनुसार अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा सिसुवार मध्यवर्ती सामुदायिक वनमा मरेको अवस्थामा मंगलबार फेला परेका छन् ।
मृत्युको कारण थाहा नभएपनि मृत गैंडाको खाग र खुर सुरक्षित रहेको बताइएको छ ।

सूचना आउन थाले

पछिल्लो समयमा निकुञ्ज क्षेत्र र त्यसको वरपर भएका वन्यजन्तु सम्बन्धी घटना निकुञ्जले सार्वजनिक गर्न थालेको छ ।

केही समय वन्यजन्तु दुर्घटनाका समाचार लुकाएर राख्ने प्रवृति बढेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयले निकुञ्ज प्रशासनलाई सूचना नलुकाउन निर्देशन दिदै आएको थियो ।

अघिल्लो वर्ष त वन्यजन्तुको मरेका घटना निकुञ्ज प्रशासनले नै लुकाएको भन्ने विषयमा विभाग र मन्त्रालयमा सोधखोज पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here