बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

कोहलपुर । बाँकेको राप्ती सोनारी क्षेत्रमा बाघको आक्रमणबाट शनिवार दिउसो एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ डाँडाटेपरीका अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेको मृत्यु भएको हो ।

शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोला नजिकै बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण परी चलाउनेको मृत्यु भएको स्थानीयले बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासमा गरी पछिल्लो पाँच महिनामा बाघको आक्रमणबाट पाँच जना व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here