‘नेपालका चराहरू’ नेपाली संस्करमा

काठमाडौँ — नेपालमा पाइने चराबारे पंक्षीविद् रिचर्ड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेमसागर बरालद्वारा लिखित ‘नेपालका चराहरू’ पुस्तक प्रकाशमा आएको छ ।

पुस्तकको नेपाली अनुबाद वरिष्ठ पंक्षीविद् डा. हेमसागर बरालले गरेका हुन् । सो पुस्तकको मङ्गबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बिमोचन गरे ।

हिमालयन नेचर नामक संस्थाले प्रकाशन गरेको पुस्तकमा नेपालमा सन् २०१८ को जुन महिनासम्म अभिलेख गरिएका चराहरूको आकर्षक फोटो सहित विवरण दिइएको छ ।

नेपालका चराका बारेमा जान्न खोज्ने जोकोहीका लागि यो पुस्तक निकै उपयोगी हुने देखिएको छ । नेपालमा पाइने चराका प्रमुख बासस्थान, चरा प्रजातिहरु, चराको बसाइसराइँ, चरा अवलोकनका लागि प्रमुख क्षेत्रहरु लगायतका सूचनामूलक जानकारी पुस्तकमा समेटिएका छन् ।

कार्यक्रममा प्रा. करनबहादुर शाहले नेपाली भाषामा नेपालका चराहरु बारे प्रशस्त जानकारी पुस्तकमा समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here