काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल र वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल साइटिसको बैठकमा भाग लिन फ्रान्स तर्फ प्रस्थान गरेका छन् ।
साइटिसको स्टयाण्डिङ कमिटिको बैठकमा भाग लिन दुबै जना सोमबार राती फ्रान्सतर्फ लागेका हुन् ।
साइटिसको नेपाल पक्ष राष्ट्र हो । साइटिस बारे नेपालमा वन्यजन्तु व्यवस्थापन तर्फ निकुञ्ज विभाग र वनस्पतिको वैज्ञानिक अध्ययन अनुसन्धान तर्फ वनस्पति विभागले साइटिसको काम हेर्ने गरेको छ ।
पाँच दिनसम्म चल्ने बैठक फ्रान्सको दक्षिणी शहर लियोनमा आयोजना भइरहेको छ । बैठकमा सहभागीता जनाउन हिड्नु अघि वनस्पति विभागका महानिर्देशक डा. पौडेलले नेपालकथासँग भने, यो पटक नेपालले पनि बाघ प्रजातिका वन्यजन्तुको संरक्षण, चोरी शिकार नियन्त्रण र जटामसी लगायतका जडीबुटीका बारेमा नेपालले पनि गम्भीर रुपमा कुरा उठाउने तयारी गरिरहेको छ ।