काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य जमुना थकाली उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।

नेपाली काँग्रेसबाट मुस्ताङको घरापजोङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी थकालीले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका मिमकुमारी शेरचनलाई पराजित गरेकी हुन् ।
जमुनाले ६९३ मत पाएकी छन् भने शेरचनले ६५८ मत पाएकी छिन् ।
उम्मेदवारी दिएपछि जमुनाले नेपालकथासँग भनेकी थिइन्, मैले जित हासिल गरेभने एक्यापमा भएका गतिविधिलाई सुधार्ने छु । एक्यापले राम्रो काम गरेको छैन ।